रुसको साइबारियाको जंगलमा तीन वर्षका एक बालकले एक्लै तीन दिन बिताएको छ । यो क्षेत्र हिउँ पर्ने ठाउँ हो भने जंगलमा भेडा र जंगली भालुहरुका लागि परिचित छ । जब सेरिन डोपचट जंगलमा हराए, तब उनको खल्तीमा मात्र एक चकलेट सिवाय केही थिएन । द साइबेरियन टाइम्सका अनुसार उनले जंगलमा ठूलो रुख मुनी रात बिताएका छन् । सेरिन त्यही भेटिएको सुख्खा स्थानमा सुतेका थिए ।
उनको खोजीका लागि हवाई र जमिनबाट ठूलो अभियान चलाइएको थियो । उनी एक पप्पी (कुकुरको बच्चा) लाई पछ्याउँदै जंगलमा पुगेको मानिएको छ । स्थानीय मिडियाका अनुसार रेसिन आफ्नो जीज्यू बजैसँग बस्थे र उनको आँखा छल्दै गाउँ नजिकैको जंगलमा पुगेका थिए । ७२ घण्टासम्म कम तापक्रम, जंगली जनावरको खतरा र तीव्र गतिमा बहर नदीमा खस्ने खतरासँग जुधिरहे ।

सेरिनलाई उनको अंकले बचाएका छन् । टुभा आपतकालीन सेवाका प्रमुखले भनेका छन्, अवस्था निकै खतरनाक थियो । मिनास नदी तीवू ग,तिमा बग्छ र चिसो छ । एक सानो बच्चा त्यसमा खसेको भए त्यसबेला नै मृत्यु हुन्थ्यो ।’ उनले अघि भने, जंगलमा भेडाहरु छन्, भालु छन् । खानाको खोजीका क्रममा भालुले कसैलाई पनि आक्रमण गर्न सक्छ । अरु त छाडौं, यति चिसो हुन्छ कि रातमा हिउँ पर्छ ।’
तर, सेरिनले सर्ट र जुत्ता मात्र लगाएका थिए । कोट समेत लगाएका थिएनन् । सेरिनको खोजीका क्रममा स्थानीय प्रहरी, एक हेलिकोप्टर परिचालन गरिएको थियो । र, १२० बर्ग किलोमिटर इलाकामा खोजी अभियान चलाइएको थियो । एक अधिकारीका अनुसार बच्चाले उनका अंकलका आवाज चिने, जो उनलाई बोलाइरहेका थिए । जब सेरिनले आफ्नो अंकललाई भेट्टाए, उनको पहिलो प्रश्न थियो कि उनको टोय कार राम्रोसँग चलिरहेको छ कि छैन । डाक्टरका अनुसार सेरिनलाई कुनै चोट लागेको छैन । अब गाउँका मानिसहरुले सेरिनलाई रुडयार्ड किपलिङको किताब जंगल बुकका पात्र मोगलीको नामले बोलाउन थालेका छन् ।
Post a Comment