एजेन्सी - अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका किशोरीको शिक्षाका लागि सहयोग गर्ने घोषणा गरेका छन् ।
आसियान राष्ट्र सम्मेलनमा सहभागी हुन लाओस् पुगेका ओबामाले नेपाल र लाओसका लागि किशोरी शिक्षामा सहयोग गर्ने बताएका हुन् । ओबामाले ह्वाइट हाउसले सार्वजनिक गरेको ‘लेट गल्र्स लर्न’ कार्यक्रम अन्तर्गत नेपालका किशोरीको लागि शिक्षामा सहयोग गर्ने घोषणा गरेका हुन् । ह्वाइट हाउसले यो कार्यक्रम विद्यालय शिक्षा पूरा गर्न नसकेका किशोरीका लागि केन्द्रित गरेर घोषणा गर्दै आएको छ ।
यो अमेरिकी सरकारको कार्यक्रमले यस अघि मालवी, जान्जानियालगायत देशका किशोरी लाभान्वित भएका छन् । यो घोषणा गर्न पाउदा गर्व लागेको विज्ञप्ति ह्वाइट हाउसले सार्वजनिक गरेको छ । विज्ञप्तिमा हाम्रा बालिका र महिला सफल नभएसम्म देश संसारमा सफल हुन सनक्ने उल्लेख गरिएको छ । किशोर जस्तै किशोरीसमेत सफल हुनुपर्ने समेत उल्लेख गरिएको छ।
Post a Comment