Latest Updates :

४ बर्षीय बालकको अपहरण पछी हत्या


SHARE THIS POST :

२० भदौ, जनकपुर ।
 जनकपुरमा चार बर्षीय एक बालकको हत्या भएको छ ।जनकपुर उपमहानगरपालिका २६ चोअर्वा निवासी प्रकाश यादवका ४ बर्षीय छोरा दिपक यादवको अपहरण गरी हत्या गरिएको अनुमान गरिएको छ । आइतबार दिउँसो १२ बजेदेखि दिपक बेपत्ता थिए । दिपक परिवाजनको सम्पर्कमा नआएपछि खोज तलास गदैं जाँदा उनको शव फेला परेको हो । गाउँमा चौठचन्द्र मनाइरहेका समयमा राति बालकको शव फेला परेको परिवारजनले जनाएको छ । बालकको हत्या गरेर शव फालेको हुन सक्ने प्रहरीको अनुमान छ । बालकको शव पोस्टमार्टमा लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । बालक हत्या सम्बन्धमा अनुसन्धान भइरहेको धनुषाका डिएसपी मनोज यादवले जानकारी दिए । बालकको नाक र मुखबाट रगत आएको देखिएकाले पोस्टमार्टको रिपोर्ट आएपछि थप कुरा खुल्ने उनले बताए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv