Latest Updates :

सन्तोष पन्तविरुद्धको जाहेरी प्रहरीले लिएन पन्तमाथि यौन दुर्व्यवहारको आरोप


SHARE THIS POST :
प्रकाशित मिति: सोमबार, आश्विन ०३, २०७३


काठमाडौं : ड्युटीमा रहेकी महिला सुरक्षा गार्डमाथि सञ्चालकबाटै यौन दुव्र्यवहार भएको घटनाको उजुरी लिन इलाका प्रहरी कार्यालय धरानले अस्वीकार गरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको महिला छात्रावसामा ड्युटीमा बसेका महिला सुरक्षा गार्ड सविता सुवालले आफू ड्युटीमा बसेको अवस्थामा याैन दुव्र्यवहारमा परेको उजुरी लिएर आइतबार इलाका प्रहरी कार्यालयमा पुगेकी आजकोअन्नपूर्णमा समाचार छ ।

महिला अधिकारकर्मीको साथमा सुयालले केटीएस सेक्युरिटी प्रालिका अध्यक्ष रामेश्वर साह र कलाकार सन्तोष पन्तविरुद्ध जबरजस्ती करणी गर्ने उद्योगसम्बन्धी जाहेरी लिएर इलाका प्रहरी कार्यालय गएकी थिइन् ।

उनले साह र कालाकार पन्तले ड्युटीमा बसिरहेको अवस्थामा आफूमाथि शनिबार बिहान साढे २ बजे आफ्ना संवेदनशील अंगमा हात लगाएको आरोप लगाएकी छन् ।

मादक पदार्थ सेवन गरेका साह र केटीएमकै ब्रान्ड एम्कबेस्डर पन्तले सुरक्षा चेक गर्ने बाहनामा महिला छात्रावासमा प्रवेश गरी आफूमाथि यौन दुव्र्यवहार गरेको महिला सुरक्षा गार्डको आरोप छ ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv