आजभोली सामाजिक संजालको प्रयोग बढ्नाले त्यही अनुपातमा वेवसाइट बनाउनेको होड नै चलेको छ । यी सबै वेवसाइटहरुको आफ्नै आफ्नै उद्देश्य हुन्छन् । त्यस्तै वेवसाइटहरु मध्ये नेपालमा पनि न्यूज साइटहरु धेरै नै चलिरहेका छन् । त्यस मध्ये धेरै साइटहरु त झुठो समाचार दिएर चर्चामा आउने या पैसाको त्यस्ता झुठो जानकारी तथा समाचारहरु दिइरहेका हुन्छन् । यसलाई नियन्त्रण गर्न निकै कठीन छ । यस्ता समस्या नेपालमा मात्र नभएर बिश्वका अन्य बिकशित राष्ट्रहरुमा पनि हुने गर्दछ ।
त्यस्तै आज आइतबार बिहानै बाट सामाजिक संजालहरुमा एउटा झुठो समाचार आयो कि नेपालको जंगलमा यस्तो जनावर भेटीयो भनेर एउटा आर्टको फोटो राखिएको थियो । तर ति सबै कुराहरु झुठो थियो किनभने त्यो फोटो बास्तविक नभइ एक आर्ट डल मात्र थियो जसलाई डिभियन आर्टले धेरै बर्ष अगाडीदेखी राखेको थियो ।सामाजिक संजालमा यस्ता झुठो समाचारको बास्तविक नबुझी सत्य नै होला भनेर धेरैले यसलाई सेयर तथा लाइक पनि गरेका थिए ।


Post a Comment