Latest Updates :

वि.सं. २०७३ साल असोज ९ गते। आइतबार। इश्वी सन् २०१६ सेप्टेम्बर २५ तारिख। नेपाल संवत् ११३६ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– दशमी, २८:०१ बजेउप्रान्त एकादशी।


SHARE THIS POST :

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अरूको विश्वास गर्दा धोका पाइनेछ। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्। सोखले खर्च बढाउन सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। मध्याह्नदेखि विगतका कमजोरीलाई सुधार गर्न मौका छ। पहिले ईर्ष्या गर्नेहरू सहयोगीका रूपमा देखा पर्नेछन्।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। परिस्थितिले अलि निराश तुल्याउन सक्छ। तापनि खिन्न मनले कृत्रिम मुस्कान छर्न बाध्य भइनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
परिवारजनसँग आत्मीयता बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। कामबाट पनि फुर्सद पाइनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। मेहनतले सम्मानित स्थान दिलाउला। मध्याह्नदेखि अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। बलजफ्ती गर्ने बानीले हानि पुर्याउन सक्छ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सुरुमा आर्थिक अभावले सताउन सक्छ। खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । ईर्ष्या गर्नेहरूले हार खानेछन् भने चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त होला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा मध्याह्नपछि दुःख पाइनेछ। अवसरले पछ्याए पनि अस्वस्थताले सताउन सक्छ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
मेहनत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा दिगो काम प्रारम्भ हुन सक्छ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। पुरुषार्थी कामको यश अरूकै हातमा जान सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तापनि मध्याह्नदेखि आम्दानी बढ्नेछ। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। मेहनत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनाले कर्मयोग बलियो रहनेछ। कृषि र व्यापारमा पनि मनग्य फाइदा हुनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ। मध्याह्नपछि पदीय जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुनेछ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मध्याह्नपछि स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। समय संघर्षपूर्ण रहनेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मध्याह्नसम्म दिन रमाइलो हुनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै होला। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। अपराह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले सताउन सक्छ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिएलान्। श्रमको मूल्य थोरै मात्र प्राप्त होला।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काममा बाधा पुग्नेछ। जिम्मेवारी भने बढिरहनेछन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। मध्याह्नदेखि रमाइलो जमघटमा सहभागी भइनेछ।प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त होला। लोकाचार तथा उपहारमा अनियन्त्रित खर्च बढ्नाले मन पिरोल्न सक्छ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
हल्लाको भर पर्दा दु:ख पाइएला। काममा बाधा पुर्याउनेहरूले सताउन सक्छन्। तापनि मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ। मध्याह्नपछि बाधाहरू स्वत: हट्नेछन् भने आफनो क्षेत्रमा अधिकार जमाउन सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्छ। मध्याह्नदेखि अस्वस्थताले कमजोरी अनुभव हुनेछ। काममा ढिलासुस्ती होला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv