Latest Updates :

श्रम गर्नेहरु खाडी मुलुक र पढेलेखेकाहरु विकसित देश, अब बस्ने पालो कसको ?


SHARE THIS POST :
– यादव देवकोटा
नेपाली युवाहरु स्वदेशमा रोजगारी नपाएपछि विदेश जाने लहरै छ भन्दा फरक नपर्ला । पछिल्लो समयमा नेपाली युवाहरु श्रमको लागि खाडी मुलुक र अध्ययन र कामको लागि विकसित देशहरुमा जाने लहडनै चलेको छ । यसविचमा पढइ र कमाइ राम्रो भएको जापानमा अहिले नेपाली युवाहरुको आकर्षण बढेको छ । अहिलेसम्म जापानमा ६१ ह्जारको हाराहारीमा नेपाली पुगिसकेका छन् । आर्थिक, समाजिक र पारिवारीक समस्याका कारण पछिल्लो समय बैदेशिक रोजगारमा जानेको संख्यामा मात्र उल्लेखनिय बृद्धि भएको होइन बिदेशमा अध्ययनका लागि जानेको संख्या पनि बढेको छ ।

पछिल्लो समय पढे लेखेका यूवायूबतीहरु अध्ययनकालागि जापान तथा पश्चिमी मुलुकहरुमा जान तछाड मछाड गरिरहेका छन् । देशमा रोजगारी सिर्जना हुन नसकेपछि युवाहरु पढ्ने बहानामा विदेशिने क्रम बढेको हो । केहि गरौ भन्ने उमेरका अधिकांश युवाहरुको पहिलो रोजाइनै विदेश बन्नपुगेको छ ।
यूवाहरु बाहिरिनु भनेको देशको शक्ती बाहिरिनु हो । नेताहरुको कुराले देशमा रोजगार भइसकेको छनक दिन्छ तर यथार्थमा नेपालमा रहेका दुतावास, बैदेशिक रोजगारका कार्यालय र एर्यपोर्टमा पुगियो भने छर्लङ हन्छ । नेपाली युवाको अवस्था स्वदेशमा के छ भन्ने । हजारौको लस्कर जो खाडी लागायतका मुलुकमा दुःख गर्नका लागि दैनिक विदेशिन्छन । उनीहरुको लागि स्वदेशमै रोजगारीको अवसर कसले बनाइदेला ?

विभिन्न कालखण्डमा राजनितीक हतियारका रुपमा युवालाइ प्रयोग गर्ने नेपालका राजनितिक दलहरुले तिनै युवाको बारेमा नसोचिदिदा यो अवस्था आएको हो भन्दा फरका नपर्ला । जुन देशमा युवा शक्ति छ त्यो देशको विकास छिट्टै सम्भव छ । हामीकाँहा प्राकृतिक स्रोत भए पनि त्यसको सहि उपयोग हुन नसक्दा त्यसबाट श्रृजना हुने रोजगारीमा पूर्णविराम लागेको छ । जसका कारण युवाहरु विदेशिन बाध्य छन ।

हरेक देशको नागरिकले आफ्नो भविष्य आफ्नो देशमा देखेको हुन्छ । तर राज्यले सामान्य आधारभुत सेवा सुविधापनि नदिएपछि उज्वल भविष्यको खोजीमा विभिन्न बहानामा विदेशिनुपर्ने नेपालीको यो बाध्यता हो । यस बारेमा युवालक्षित कार्यक्रमलाइ राज्यले जति अगाडी बढाएको छ त्यसलाइ अझ वृद्धी गरि स्वादेशमै धेरै भन्दा धेरै रोजगारिका अवसर श्रृजान गर्नु आवश्यक छ ।

शेयर गर्नुहोस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv