Latest Updates :

कोरियामा गम्भिर दुर्घटनामा परेका नेपाली युवा दुधौली–१, सिन्धुलीका २६ वर्षे ओमबहादुर कार्कीको अपील : ‘मलाई बचाउनुस्


SHARE THIS POST :

कोरिया - इपिएस प्रणालीद्वारा रोजगारीका लागि तीनमहिना अघिमात्र कोरिया आएका नेपाली युवा मटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएपछि कोरियाको हस्पिटलमा उपचार गरिरहेका दुधौली–१, सिन्धुलीका २६ वर्षे ओमबहादुर कार्कीले आफ्नो जीवन रक्षाका लागि अपील गरेका छन् ।

मोक्पो कार्यक्षेत्र रहेका कार्की तीनसाता अघि किनमेल गरेर मोटरसाइकलमा कम्पनी फर्कने क्रममा कारको ठक्करबाट गम्भीर दुर्घटनामा परेका थिए । कार्कीको दायाँ खुट्टाको घुँडाभन्दा माथिल्लो भागमा ३ ठाउँ भाँचिएको छ भने टाउको, हातमा पनि गम्भीर चोट लागेको छ ।
कार्की हाल मोक्फो किदोक अस्पताल (목포 키독뱅원) को ६१३ नम्बर रुममा उपचाररत छन् । कार्कीको उपचारमा सहयोग गरिरहेका अर्का नेपाली युवा प्रदीप राउतले जनाए अनुसार ठक्करदिने कार अहिलेसम्म फेला पर्न सकेको छैन भने अहिलेसम्मको हस्पिटल खर्चमात्रै ८० लाख वन नाघिसकेको छ ।

उपचारमा संलग्न डाक्टरका अनुसार हस्पिटलमा लामोसमयसम्म बस्नुपर्ने भएकाले खर्च बढ्दै गएको छ । राउतका अनुसार निकोभए पश्चात चुक्ता गर्ने गरि हालसम्मको खर्च कम्पनी साहुले बेहोरिरहेको भएपनि कम्पनीले लामो समयसम्मको उपचार खर्च चुक्ता गर्न नसकिने जनाएपछि कोरियामा रोजगारी गरिरहेका नेपालीलाई सहयोगको लागि अपील गरिएको छ ।

उनका अनुसार गम्भीर घाइते कार्कीले नेपाल सरकार, कोरियास्थित नेपाली दूताबास, विभिन्न देशमा रहेर रोजगारी गरिरहेका नेपालीहरु र सम्पूर्ण नेपालीहरुसँग उपचार प्रक्रियामा सकेको सहयोग गरी आफ्नो जीवन बचाइदिन हार्दिक अपील गरेका छन् ।

सहयोगको लागि तलको खाता नम्बरमा पैसा जम्मा गरेर स्वयम् (ओम कार्की) तथा प्रदिप राउत (बिरामीका साथी)लाई जानकारी गराउन सकिनेछ ।

खाता नम्बर
1. Om Bahadur Karki A/c no. 61003261601011 IBK
2. Pradip Raut A/c no 1002251827241 Woori bank

सिधा सम्पर्क गरेर पनि बिरामीको अवस्थाबारे बुझ्न सकिनेछ । ओम बहादुर कार्की (बिरामी) फोन नं 010- 42896966 प्रदिप राउत (बिरामीको साथि) फोन नं 010 – 48321820

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv