Latest Updates :

यसकारण अबदेखि भारत जाने नेपालीहरूलाई भिसा अनिवार्य चाहिन्छ


SHARE THIS POST :
लाइट नेपाल


काठमाडौं, २६ भदौ । भारतीय नागरिकलाई जुनसुकै देश भएर नेपाल आउन भिसा चाहिँदैन । तर, नेपालीलाई चीन हुँदै भारत जान भने भिसा अनिवार्य चाहिन्छ ।

दुई देशबीचका विभिन्न सन्धी सम्झौताविपरीत भिसा प्रावधान लागू गर्दै आएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । यी प्रावधानले चीन हुँदै भारत जानुपर्ने नेपाली मर्कामा पर्दै आएका छन् ।चीन हुँदै भारत जाने नेपालीको संख्या थोरै हुने र त्यससम्बन्धी अहिलेसम्म खासै गुनासो नआएकाले भारतसँग छलफल नभएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले बताए ।

दुई देशबीचको असामान प्रावधान समस्या भएको र त्यसलाई हटाउनु आवश्यक रहेको अध्यागमन विभागका अधिकारीहरु बताउँछन् ।

शुक्रबार सम्पन्न गृहसविचस्तरीय बैठकमा आतंकबाद, लागूऔषध, मानवेचविखन तथा साना हतियार कारोबारको नियन्त्रणका विषयमा छलफल भयो ।

बिहीबार र शुक्रबार भएको नेपाल र भारतका गृहसचिवस्तरीय वार्तामा पनि यसबारे कुनै छलफल भएन ।

नेपालले वार्तामा त्यससम्बन्धी एजेन्डा नै समावेश गरेको थिएन । भारतको अध्यागमनको वेबसाइटमै चीन हुँदै भारत गएमा नेपालीलाई पनि भिसा आवश्यक हुने प्रावधान उल्लेख छ ।

खुला सिमानाका कारण दुई देशबीच विशेष सम्बन्ध छ, सोही कारण एक अर्का देशमा जाँदा भिसा लिनुनपर्ने सम्झौता भएका छन् ।

सन् १९५० को शान्ति तथा मैत्री सन्धिमै एक अर्काको देशमा राहदानी तथा भिसाविनै यात्रा गर्नसक्ने उल्लेख छ । तर, त्यसविपरीत भारतले अध्यागमन प्रावधान लागू गरेको छ ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv