आफ्नो रुखो बोलिद्वारा राजनितज्ञ तथा कलाकारहरुलाई धमलाको हमला भन्दै कडा प्रश्न गर्ने पत्रकार ऋषि धमला अहिले कमेडि होस्टेलको फन्दामा परेका छन् ।
कमेडि होस्टेलका चार कलाकारका तिखो प्रश्नले उनी हैरान भएका छन् भने कार्यक्रमको बीचमा उनले छमछमी नृत्य पनि गरेका छन् । ज्योति मगरको लुगा र प्रचण्डको जुँगामा नेपालको भविष्य छैन भन्दै उनले नायिका रेखा थापाको विवाहको वारेका पनि भविष्यवाणि गरेका छन् ।
हाँस्यव्यग्य र मनोरञ्जनलाई रमाइलो तरिकाले अंगिकार गर्दै विभिन्न सेलिब्रेटीसँग रमाइलो कुराकानी गर्ने कार्यक्रम कमेडि होस्टेल एन.के टिभिले निर्माण गरेको हो । नवराज खड्काले कमेडि होस्टेलको निर्देशन गरेका छन् भने उक्त कार्यक्रमको प्रस्तोताको रुपमा चर्चित हाँस्य कलाकार लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, यादव देवकोटा र राजु कमेडि रहेका छन् ।
भिडियो:
Post a Comment