Latest Updates :

सासुले बुहारीलाई प्रेमीसँग आपत्तिजनक अवस्थामा देखेपछि बुहारिले गरे सासुको निर्मम हत्या


SHARE THIS POST :

भदौ २९ एजेन्सी ।
भारतको ग्वालियरबाट यस्तो सनसनीपुर्ण खबर आएको दैनिक नेपालमा समाचार छ ।जहाँ एउटा बुहारीले मानवताको साथसाथै सबै नातागोतालाई पनि लाज लाग्ने पटकथा लेखेर छोडेकी छन् ।सामाचारमा जनाए अनुसार महिलाका पति कारागार भएपछि उनले पतिको साथीसँग अवैध सम्बन्ध बनाएकी थिइन् । तर, उनको यो रासलीला बढी टिक्न पाएनन् र उनकी सासुले एकदिन प्रेमीसँग आपत्तिजनक अवस्थामा फेला पारिन् ।
त्यसपछि सासुले बुहारीलाई काहीँ बाहिर जान र उसलाई भेट्न आउनेहरुलाई पनि रोक्न थालिन् । यो कुरा बुहारीलाई मन परेन र सासुलाई बाटोबाट हटाउने निर्णय सोच्न थालिन् । बुहारीले सासुलाई पहिले निन्द्रा लाग्ने औषधी खुवाइन्, अनि तौलियाले उनको घाँटी घोटेर हत्त्या गरिन् । प्रहरीको हत्याको शंका आफूमाथि नगरोस भनेर उनले आफ्नो घरभित्रै लुटपाटदेखि लिएर बलात्कार सम्मको कथा बनाइन् । यो सबै कुरा उनले एउटा क्राईम सिरियलबाट सिकेकी थिइन् । यद्यपी जुलीका पति शिवा आफ्नो बुवाको हत्त्याको आरोपमा २०१३ सालदेखि कारागारमा छन् । उनको घरमा उनका आमा, पत्नि र एउटा छोरा छन् । शिवा करागारमा रहने बेला उनका साथीहरु संदेश लिएर घरमा आउने गर्थे । यस्तैमा पतिका एक साथीसँग जुली धेरै नै नजिक हुन पुगिन । पतिका साथी पनि राति जुलीकहाँ आउने गर्थे । यही क्रममा सासुले एकदिन बेडरुममा दुबैलाई आपत्तिजनक आवस्थामा फेला पारिन् । सासुको हत्यापछि जुली घरबाट वेपत्ता भएकी छन् । उनलाई प्रहरीले खोजी गरिरहेको छ । घटनाबारे छानविन भइरहेको ग्वालियर प्रहरीको भनाई छ ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv