Latest Updates :

जिल्ला अदालतमा आक्रमण, दशको मृत्यु ४० घाइते


SHARE THIS POST :

एजेन्सी । पाकिस्तानको मर्दान सहरमा अवस्थित एक जिल्ला अदालतमा शुक्रबार बिहान सवेरै भएको बम आक्रमणमा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

पाकिस्तानमा भएका पछिल्ला केही आक्रमणहरु कानूनी क्षेत्र लक्षित रहेको छ । विहानको समयमा अदालतमा जम्मा भएका सर्वसाधारणलाई लक्ष्यगरी हाते ग्रिनेड फ्याक्नुको साथै आत्मघाती आक्रमण भएको वरिष्ठ प्रहरी अधिकारी फैसाल सिहजादले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।


यस आक्रमणमा परी दुई प्रहरी अधिकारीको समेत मृत्यु भएको सिहजादले बताएका छन् । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा सहरमा भीषण आत्मघाती आक्रमण भएको तीन हप्ता पछाडी पुनः आक्रमण भएको छ ।

क्वेटा सहरमा अवस्थित एक अस्पतालको आकस्मिक कक्षमा भएको आत्मघाती आक्रमणमा दर्जनौ वकिलसहित ७२ भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । आतङ्ककारीहरु ले शुक्रबार नै प्रान्तीय राजधानी पेसावर भएको खैवर पख्तुनख्वा प्रान्तको क्रिश्चिन कोलोनीमा पनि आक्रमण गरेका छन् । यस आक्रमणको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv