Latest Updates :

हार्दिक श्रद्धाञ्जली दुर्घटनामा परी नेपालि चेलीको मलेशियामा मृत्यु


SHARE THIS POST :

इलाम जिल्ला साकफारा गाविस पाँच माईती भई नुवाकोट का ब्यक्ति संग बैवाहिक जिवन ब्यथित गर्नुभएका हाल काठमाण्डौ सितापाईलामा अस्थायी वसोवास गर्नुहुने श्रीमति संगीता राई को मलेसिया को बातुपहातमा सडक दुर्घटना मा परि मृत्यू भएको छ।
मृतकका पति काठमाण्डौ मा कन्ट्रक्शन को काम गर्नुहुन्छ। उहाँहरु आपसी सरसल्लाह ले नै बैदेशिक रोजगारको निम्ति यहि 2016/4/09 मा यस मलेसिया मा आउनु भएको थियो।
तर हुन हार दैव नटार भने झै मलेसिया मा आएर आफ्नो सपनाको पोका खोल्नु नपाई मिती 2016/7/23 को दिन होस्टल बाट डिउटी जाने क्रममा विहान करिब 8:10 बजे गाडीको ठक्करबाट दुर्घटना स्थलमा नै मृत्यूवरण हुन गयो।
मृतक संगीता राई काठमाण्डौ, गौशला स्थित सम्पदा ओभरसिज बाट रु.75,000 तिरेर बैदेशिक बजार मा आउनु भएको हो।
मृतकका साँढे तीनबर्ष का छोरा रहेको छ।
मृतक को शवलाई यो आउदो हप्ता भित्र नै नेपाल पठाउने कुरा कम्पनीले गरेको छ भन्ने कुरा मृतक संगै कार्यरत साकफारा पाँच निवासी यसोदा राई ले जानकारी दिनुभएको छ।
मृतक श्रीमति संगीता राई प्रति हार्दिक श्रद्धाञ्जली शोकाकूल परिवारजन प्रति समवेदना।
समाचार स्रोत:- #यादब_गौतम
लक्ष्मीपुर ७, ईलाम
abu dhabi U.A.E
नोट:-बिदेस मा कार्यरत सम्पूर्ण श्रमिकहरु ले बाटोमा हिड्दा विशेष ध्यान पुरयाउनु पर्दछ।
बरु केही क्षण पर्खौ तर हतार नगरौ, हतार ले ज्यान जान सक्नेछ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv