Latest Updates :

प्रधानमन्त्रीको सुरक्षामा घुसपैठिया गरेपछि प्रकाशले खाए प्रहरीको चड्कन


SHARE THIS POST :
लाइट नेपाल

काठमाडौं, १२ असोज । देशको सुरक्षा प्रणाली कतिसम्म लापरवाह छ भन्ने कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि देखियो । सरकार प्रमुखलाई त्यसै पनि चारथरी सुरक्षा निकायको घेरा, त्यसमाथि औपचारिक भ्रमणमा अलग्गै कारकेडको व्यवस्था हुँदासमेत असम्बन्धित व्यक्तिको घुसपैठ !

२९ भदौको साँझ भारत भ्रमणबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्न प्रधानमन्त्री शीतल निवास पुग्दा राजकीय भ्रमणमा मात्र प्रयोग हुने विशेष प्रकारको कारकेडभित्र गैरसुरक्षाकर्मी फेला परेका हुन् । कारकेडमा सुरक्षाकर्मीमात्र हुन्छन् । सुरक्षाकर्मीबाहेकका व्यक्ति चाहे देशका प्रधानमन्त्री र मन्त्री नै किन नहुन्, त्यसभित्र बस्ने अधिकार राख्दैनन् ।

अतिविशिष्ट व्यक्तिको सवारीलाई अगाडि र पछाडिबाट सुरक्षित पार्नका लागि त्यस्तो कारकेडको प्रयोग हुने गर्छ । तर, सिंहदरबारबाट प्रधानमन्त्रीको गाडी शीतल निवास पुग्दासम्म कारकेडभित्रै बसेका सुरक्षाकर्मीले पनि चिन्न सकेनन् ती गैरसुरक्षाकर्मी को हुन् । चढ्ने बेलामै ‘मैले प्रधानमन्त्रीको आदेश लिइसकेँ, गाडी हिँडाउनुस्’ भन्दै हप्कीदप्की गरेपछि सुरक्षाकर्मी अलमलमा परेका थिए ।

कारकेड प्रधानमन्त्री चढेको गाडीभन्दा ठीक अघिल्तिर हुन्छ । ती व्यक्ति आउँदा प्रधानमन्त्री आफ्नो गाडीमा चढिसकेका थिए । यस्तोखाले सवारीमा सम्बन्धित ओहोदावाल आफ्नो गाडीमा बसिसकेपछि एक सेकेन्ड पनि अलमल गर्न पाइदैन । कारकेडमा बसेका सुरक्षाकर्मीले ती व्यक्तिसँग गलफत्ती गरेर सवारी बिगार्नुभन्दा शीतल निवास पुगेरै ठेगान लगाउने सोचाई बनाए । गाडी सिंहदरबारबाट हुँइकिनासाथ अघिल्लो सिटमा बसेका एकजना सईले सञ्चारसेटबाट शीतल निवासमा तैनाथ प्रहरी टोलीलाई भने, ‘मेट्रो सर्कल डबल वनलाई स्ट्याण्डबाई राख्नुस्, जरुरी छ ।’

गाडी पुग्यो शितल निवास । ‘मेट्रो सर्कल डबल वन,’ अर्थात् प्रहरी वृत्त महारागञ्जको टोली त्यहाँ तयारी हालतमा थियो । कारकेडमा चढेका युवकलाई गाडीभित्रैका एक सुरक्षाकर्मीले अलिक पर लगेर सोधे, ‘तिम्रो नाम के हो ?’ उनले भने, ‘म प्रकाश रायमाझी !’ फेरि सोधे, ‘यो गाडीमा कसले चढ्न भन्यो ?’ उनले भने, ‘प्रधानमन्त्रीले मलाई तपाई अघि अघि जानुस्, म पछि पछि आउँछु भन्नुभयो अनि …–’ यसपछि ती सुरक्षाकर्मीले प्रकाशको गालामा रन्किने गरी एक झापड हाने । अनि, महाराजगञ्जका डिएसपी गोविन्द पुरीले तिनलाई आफ्नो गाडीमा हालेर लगे, खोरतिर । जनआस्था साप्ताहिकमा खबर छ ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv