Latest Updates :

‘पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक रातिदेखि अवरुद्ध’


SHARE THIS POST :


रत्ननगर (चितवन) । चितवनको कालीखोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक रातिदेखि अवरुद्ध हुन पुगेको छ । आज बिहान करिब साढे १ बजे पहिरो खसेर अवरुद्ध भएको सडक अझै सञ्चालनमा आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडकमा खसेको पहिरो पन्छाउने काम जारी रहेको छ । डोजरको सहयोगमा प्रहरीले पहिरो पन्छाउने काम गरिरहेको र बाटो खुल्न अझै समय लाग्ने जनाइएको छ । पहिरोले सडक बन्द भएपछि अहिले चितवनबाट काठमाडौँ र पोखरा जाने–आउने सयाँै सवारी बीच बाटोमै अलपत्र परेका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv