Latest Updates :

अन्ततः श्रीमति र दुई छोरा लिन जीवन फिलिपिन्स जाने, सहयोगको लागि अपिल


SHARE THIS POST :
चितवन ।



विभिन्न तर्क वितर्क र जोया-जिवनको खबरले मिडिया तातिरहेको बेला जिवन फिलिपिन्स जान चाहेको कुरा आफ्नो फेसबुक मार्फत सार्बजनिक गरेका छन् ।

जिवन संग सम्पर्क गरेर जान्न खोज्दा आफ्नो श्रीमति र दुई नानीहरुलाई लिन यही भदौ महिनाको २२/२३ मा जान लागेको बताए । त्यस्को लागि केहि कागजपत्रहरु नेपालमै बनाइसकेको र उता गएर कोर्ट म्यारिज गरि बाँकी कागजपत्रहरु फिलिपिन्स मै बनाएर परिवार ल्याउन लागेको बताए ।

जोयाको चाँडो हामीलाई लिन आउनुस् भन्ने आग्रह र आफुले पनि परिवार स्वदेश लिन जान पाउँदा मन खुशी भएपनि आर्थिक संकट नै जिवनको लागि अहिले मुख्य तगारोको रुपमा रहेकोले सबै सहयोगी मनहरुलाई सहयोग गरिदिनको लागि जिवनले आग्रह गरेका छन् ।

सहयोग गर्न चाहने ब्यक्तिहरुले सिधै जिवनलाई सम्पर्क गरि थप जानकारी लिन सक्नु हुनेछ । जिवनको सम्पर्क नम्बर 009779808187047

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv