भारतीयबाट पीडित पिडारीगुठीवासी भन्छन्: सरकारले नसके आफू मरेर भएपनि नेपाली भूमीलाई जोगाउँछौ
वीरगन्ज – सीडिओ साप् हजुरले गर्न सक्दिन भन्नुस्, हाम्रो भूमिको आफैँ रक्षा गर्छौ।
पुलिस प्रशासनले सक्दिनँ भनेर हात उठाओस्, हामी हाम्रो भूमिआफू मरेर भए पनि जोगाउँछौं, पर्सा पिडारीगुठीको पिपरडारीकी जितनी देवीले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई यसो भन्दै थिइन्।
भारतीयले पटकपटक नेपाली भूमिमा छिरेर कुटपिट गर्न थालेपछि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पिडारीगुठीबाट जितनी देवीसँगै आएका करिब ४० जना पीडितमध्येकै झमपतियादेवी भरुनीको पिडा पनि आक्रोशका रुपमा व्यक्त भयो।
उनले भनिन्, भारतीयले हाम्रो भूमि मिचेका छन्। हाम्रा चेलीबेटीलाई खोलामा नुहाउन, दिसापिसाब गर्न जाँदा पनि भारतीयले छेडखानी गर्छन् भनी आजको अन्नपूर्ण पत्रिकामा क्रान्ति शाहले समाचार लेखेका छन्।
Post a Comment