Latest Updates :

महा-भूकम्पका कारण काठमाडौं तीन मिटर दक्षिणतर्फ सरेको अनुमान


SHARE THIS POST :

नेपालको राजधानी काठमाडौँमा भूकम्पका कारण निकै ठूलो क्षति पुगेका समाचारहरु आइरहेका बेला यसबाट पर्न सक्ने भौगोलिक असरका बारेमा पनि विभिन्न देशका विज्ञहरुबीच चर्चाको विषय सुरु भएको छ ।

गएको शनिबार, अर्थात् २०७२ साल बैशाख महिनाको १२ गते (२५ अप्रिल सन् २०१५) नेपालमा ७.८ रेक्टर स्केलको मह-भूकम्प गएको थियो । सो भूकम्पबाट अकल्पनीय रुपमा मानवीय तथा भौतिक क्षतिको अनुमान गरिएको छ ।

त्यसबाट मङ्गलबार सम्ममा चार हजार भन्दा बढीको ज्यान गइसकेको छ भने भौतिक रुपमा पनि ठूलो क्षति पुगेको छ । हिमालयन देश नेपालमा गएको सो भूकम्पका कारण हिमाली क्षेत्रमा पर्ने असरका बारेमा पनि विभिन्न अनुमानहरु गरिएको छ ।

असी वर्षभन्दा लामो समयपछि आएको यस भूकम्पका कारण मङ्गलबार सम्ममा कम्तीमा पनि चार हजार नागरिकको ज्यान गइसकेको बताइएको छ ।

तर पनि यस भूकम्पबाट विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको उचाईमा भने कुनै असर नपरेको विज्ञहरुको भनाई छ । उनीहरुको प्रारम्भिक अनुसन्धानबाट यो तथ्य निस्किएको बताइएको छ ।

सो भूकम्पबाट राजधानी काठमाडौंको भौगोलिक बनावटमा नै फेरबदल भएको बताइएको छ । क्याम्ब्रिज विश्वविद्यालयका भू गर्भसम्बन्धी विज्ञहरुले काठमाडौंको जमिन करिब तीन मिटर अर्थात् दश फिट दक्षिणतर्फ सरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् ।

काठमाडौं र नेपालका विभिन्न स्थानमा राखिएका प्रारम्भिक भूकम्पमापक आवाजसहितका तरङ्गहरुले रेकर्ड गरेका तथ्याङ्कहरुको आधारमा गरिएको अध्ययनमा यस्तो देखिएको ती विज्ञहरुले जनाएका छन् ।

क्याम्ब्रिज विश्वविद्यालयका विज्ञ जेम्स ज्याक्सनले सो तथ्य पत्ता लगाएका हुन्। ती मेसिनहरुले मापन गरेका तथ्यका आधारमा हेर्दा काठमाडौंको यसअघिको बनावटभन्दा करिब तीन मिटर काठमाडौंको जमिन दक्षिणतर्फ सरेको हुनसक्ने देखिएको उनको भनाई छ।

उनको यो अनुमान यसअघि आएको अर्को एक तथ्यसँग नै मिल्दोजुल्दो रहेको बताइएको छ । यसअघि पनि गरिएको एक अर्को अनुसन्धानमा काठमाडौंको जमिन सरेको हुनसक्ने बताइएको थियो।

यसअघि पनि अष्ट्रेलियाको अडेलिड विश्वविद्यालयले गरेको अनुसन्धानमा यही तथ्य बाहिर आएको थियो । उक्त विश्वविद्यालयको भौतिक विज्ञान विभागका प्रमुख स्यान्डी स्टेसीले गरेको अनुसन्धानमा पनि सोही तथ्य बाहिर आएको थियो ।

हिमालयन क्षेत्रमा जाने गरेका यस्ता भूकम्पले विशेषतः उत्तरी प्लेटमा ठोकिई प्रभावित पार्ने गरेको छ र यसका कारण त्यस भूभागका पत्रहरु सरेर माथिल्लो तहमा चिरा पार्ने गरेको पनि पाइएको छ ।

यस्ता पत्र या चिराहरुले हिमालयन क्षेत्रको उत्तरतर्फ घुमिरहेको चट्टानलाई प्रभावमा पार्ने गरेको पहिलेका अनुभवहरु रहेको बताइन्छ । सो कारणले जमिनको यसअघिको बनावटमा पनि फरक आउन सक्छ ।

यो तथ्यलाई बेलायतको दुरहाम विश्वविद्यालयको डिपार्टमेन्ट अफ अर्थ साइन्स (पृथ्वी अध्ययन विज्ञान विभाग) का प्राध्यापक मार्क अलेनले पनि स्वीकार्छन्।

उनले भूकम्पका कारण खासगरी काठमाडौंको चट्टान करिब १० फिट पर सरेको हुनसक्ने र त्यस चट्टान दक्षिणतर्फ सरेको हुनसक्ने अनुमान गरे।उनले भनेका छन्– सामान्य रुपमा यो भन्न सकिन्छ कि यस भूकम्पपछि काठमाडौंको केही जमिनले ठाउँ छोडेको छ र त्यो बढीमा तीन मिटर हुनसक्छ ।

यस भूकम्पको गहिराई कम्तीमा पनि १५ किलोमीटर हो र यसपछिको मापनका आधारमा अध्ययन गर्दा यसले तीन मिटर स्थान छोडेको हुनसक्छ– उनको भनाई छ।

गएको शनिबार आएको सो भूकम्प ७.६ रेक्टर स्केलको हो । त्यसको भोलिपल्ट आइतबार पनि अर्को शक्तिशाली भूकम्प आएको थियो ।
त्यसपछिका ७२ घन्टासम्म पनि काठमाडौंमा सानाठूलागरी करिब एक सय बढी पटकसम्म झड्का आएका छन् । सोही कारण पनि यसरी जमिनले स्थान छोडेको अनुमान गरिएको हो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv