Latest Updates :

कपिलवस्तुमा प्रहरी जवानको मृत्यु !


SHARE THIS POST :

२४ भदौ, कपिलवस्तु । कपिलवस्तुको बहादुरगन्ज इलाका प्रहरी कार्यालयमा कर्यरत एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान निशान खनाल रहेका छन् । खनाल हिजो साँझ करीव ८ बजेतिर ड्युटी गरिरहेको अवास्थामा अचानक अस्वास्थ्य भएका थिए । उनको तत्काल बहादुरगन्जमा रहेको शिवराज अस्पतालमा समान्य उपचार गराई थप उपचारका लागि भैरहवा मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख विष्णु कुमार केसीले जानकारी दिए । खनालको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने इलाका प्रहरी कार्यालयका प्रमुख केसीले बताए । मृतकको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv