केही हप्ता अघि भारतको मुम्बइमा सेक्स र्याकेट धन्दामा ‘सावधान इन्डिया’ शो कि नायिका समेत पक्राउ परिन। यी नायिकाले ५० हजार देखि १ लाख रुपैयां सम्म चार्ज गर्ने गरेको खुलेको छ। भारतमा सक्स र्याकटको यो काण्ड पहिलो भने होइन। यो भन्दा पहिले पनि बलिउड तथा साउथ इन्डियाका नायिका कयौ पटक यौन धन्दाको काण्डमा फसिसकेका छन्।
चेन्नईको होटलबाट गिरफ्तार सुकन्या
तमिल, तेलुगु र मलयालम फिल्मकी नायिका तथा व्यावसायिक भरतनाट्यम डान्सर सुकन्या भारतको चेन्नई स्थित एक होटलबाट देह व्यापारको आरोपमा पक्राउ परेकी थिइन। गिरफ्तार पछि उनले पैसाको लागि देह व्यापार गरेको खुलेको थियो।
श्वेता बसु प्रसाद: सेक्स र्याकेटमा फसेपछि करिअर डामाडोल
sweta-basu
सन् २०१४ मा हैदराबादको एक सेक्स स्क्यानडलमा श्वेता बासुको नाम आएको थियो। दुई महिनासम्म रेस्क्यू होममा बिताएपछि उनी घर फर्केकी थिइन। पछि हैदराबाद सेशन कोर्टले उनलाई सफाई पनि दियो। तर सेक्स र्याकेटमा नाम आएपश्चात भने उनको कुनै फिल्म आएन।
देह व्यापारमा पक्राउ परेकी थिइन ‘ओम शान्ति ओम’ मा काम गरेकी ऐश अन्सारी
as-ansari
‘चलते चलते’ र ‘ओम शान्ति ओम’ जस्ता ठुला फिल्ममा काम गरिसकेकी दक्षिण भारतीय नायिका ऐश अंसारीलाई सन् २०१३ नोभेम्बर ५ मा रंगे हात देह व्यापार गर्दै गर्दा पक्राउ गरिएको थियो। उनी संग होटलबाट अन्य तीन महिलाई पनि पक्राउ परेका थिए। ऐश अन्सारीसंग जोडिएको यो सेक्स र्याकेट अनलाईन संचालन हुने बताइएको थियो।
तमिल फिल्म र सिरियलकी नायिक भुवनेश्वरी पनि देह व्यापारमा
bhuwanesori
कयौं तमिल फिल्म र धारावाहिकमा काम गरेर राम्रै कमाई गर्दा पनि भुवनेश्वरी देहव्यापार गर्दै गर्दा सन् २००९ मा चेन्नइमा दुई अन्य केटीहरु सहित पक्राउ परिन। उनी माथी आफ्नै अपार्टमेन्टबाट सेक्स र्याकेट चलाएको आरोप लागेको थियो। छिमेकीले गडबडीको शंका भनि प्रहरीलाई सूचना दिएपछि उनी पक्राउ परेकी थिइन।
हाई-प्रोफाइल सेक्स र्याकटमा पक्राउ भइन श्रावणी
srawani
तेलेगु धारावाहिक ‘हिमाबिन्दु’ र ‘लाया’ मा काम गरि सकेकी नायिका श्रावणी एक हाई-प्रोफाइल सेक्स र्याकेटको केशमा ३ अक्टोबर, २०१३ मा रंगे हात पक्राउ परेकी थिइन। उनको साथमा जयराल स्टील नामक कम्पनीका मालिक संजन कुमार गोयनका पनि पक्राउ परेका थिए। प्रहरीले ती दुइको साथबाट २ लाख रुपैयाँ बरामद समेत गरेको थियो।
साउथ फिल्मकी नायिका किन्नरा माथी सेक्स ब्रोकरको आरोप
kinnara
दक्षिण भारतीय नायिका किन्नरा सेक्स ब्रोकरको भुमिकाको लागि आरोपित थिइन। एक न्युज च्यानलको स्टिंग अपरेसनको क्रममा यो खुलासा गरिएको थियो। उनले निर्देशक तथा निर्मातालाई लोभ देखाएर पनि कयौं फिल्म हत्याएको बताइने गर्छ।
रंग हात पक्राउ परेकी साउथकी नायिका सायरा बानू
sayara-banu
हैदराबादमा सन् २०१० अगस्ट २३ मा एक सेक्स र्याकेटको भन्डाफोर भएको थियो। सो काण्डमा कयौं नायिका रंगे हात पक्राउ परेका थिए। पक्राउ परेका ९ जना मध्ये २ जना फिल्मका नायिका थिए। जसमा एक थिइन नायिका सायरा बानू।
साउथकी नायिका ज्योति पनि देहव्यापारमा
jyoti
दक्षिण भारतीय नायिका सायरा बानू जुन सेक्स र्याकेटमा समातिएकी थिइन, सोही घटनामा ज्योति पनि पक्राउ परेकी थिइन।बिभिन्न अनलाइनहरूकाे सहयाेगमा
Post a Comment