काठमाडौं, असार ४ । वैज्ञानिकले मंगल ग्रहको ज्वालामुखीको मुख (गोलो आकारको खोल्डो) को नाम लाङटाङ राखेका छन् । भूकम्पका कारण लाङटाङ क्षेत्रमा हिमपहिरो गएपछि
ज्यान गुमाएका विदेशीसहित कम्तिमा दुई सय १५ पदयात्रीको सम्झानामा अन्तर्राष्ट्रिय खगोलीय संघ (आइएयु) ले मंगल ग्रहको ९.८ किलोमिटर चौडा ज्वालामुखीको मुखको नाम लाङटाङ राखेको हो ।
अनुसन्धानकर्ता जालिङ दे हासले नेपाली गाउँ लाङटाङको स्मृतिमा नामाकरण गरिएको बताउनुभयो । खाल्डोको माथिल्लो भागमा देखिएका चिन्ह पानीको बहावको संकेत हुनसक्ने पनि उहाँको भनाई छ ।
यस्तै मंगल ग्रहकै अर्को ज्वालामुखीको मुखको नाम बुन्निक राखिएको छ । ति दुवै नामलाई अन्तर्राष्ट्रिय खगोलीय संघको ग्रह प्रणाली नामाकरण सम्बन्धी कार्यटोलीले अनुमोदन गरेको छ ।

Post a Comment