Latest Updates :

चौधरीको समूहद्वारा उत्पादित वाईवाई चाउचाउमा भेटिए अखाद्य तत्व


SHARE THIS POST :


भाद्र २७, काठमाडौं । विनोद चौधरीको समूहद्वारा उत्पादित वाईवाई चाउचाउमा अखाद्य तत्वहरु भेटिएको भन्दै भारतका कतिपय प्रान्तमा प्रतिबन्ध लाग्दासमेत सरकारले कानमा तेल हालेर बसेको छ । अहिले पनि वाईवाई चाउचाउ निर्वाध रुपमा बजारमा बिक्री भइरहेको छ । काठमाडौंका धेरैजसो विद्यालयहरुले वाईवाई चाउचाउलाई आफ्नो क्यान्टिनमा प्रतिबन्ध लगाए पनि सरकारीस्तरबाट भने यस्तो अखाद्य वस्तु बजारमा नपु¥याउन कुनै प्रयास नभएको गुनासो उपभोक्ताहरुले गरेका छन् । राजधानी काठमाडौं लगायत सचेत उपभोक्ता भएका सहरहरुमा वाईवाई चाउचाउ बिक्री हुन छाडेको छ । सचेत उपभोक्ता भएको क्षेत्रमा बजार घट्दै गएपछि चौधरीले एकैचोटी ४० प्रतिशत मूल्यवृद्धि गरी गाउँघरमा आफ्नो चाउचाउको बजार विस्तार गरेका छन् । यसरी विषादीयुक्त चाउचाउ बेच्दा र मूल्य बढाउनु नै परे पनि प्याकेटमा एक दुई रुपैयाँ बढाउनुपर्नेमा एकैपटक पाँच रुपैयाँ बढाउँदा पनि उपभोक्तावादी संघ÷संस्थाहरु मौन रहनुलाई भने रहस्यमय मानिएको खबर तरुणमा छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv