भाद्र १८ काठमाडौ । संजालमा लाखौं रकम जोयालाई पठाएको र त्यसको पठाएको ड्राफ्ट समेत संजालमा ब्यापक रुपमा देखिए पनि हालसम्म फिलिपिन्समा रहेको जोया एबम जोया परिवारले ३५ हजार ६ सय अठ्सत्ठी मात्र पाएको पुस्टि भएको छ । हिजो १७ गते जिबन थापा मगरसंग भिडियो च्याट हुदा उक्त कुरा खुल्न आएको छ । अचानक चिसो र ज्वरोका कारण जिबन एबम जोयाको कान्छो छोरा ईरिक थापा मगर बिरामी भएपछी हस्पिटल लानु भन्दा अघाडी नेपालमा जिबन थापा मगरसंग कुराकानी गर्दै हाल सम्म उनि र उनको आमाको नाममा जम्मा ३५ हजार मात्र पाएको बताइएको छ । DKMedia
र उक्त रकम पनि सकिसकेको र ईरिकलाई अस्पताल लैजान रकम अभाब भएको भनेपछी नेपालबाट पठाउन नमिल्ने भएको कारण हंगकंग स्थित एक चेलीलाई भनि करिब २०० डलर पठाउन लागिएको जिबन थापा मगरले बताउनु हुदै जोया वा जोयाको आधिकारिक आईडी हेरेरमात्र सहयोग गर्न नेपाली समुदायलाई अनुरोध गर्नु भएको छ । त्यस्तै बेल्जियमबाट बेल्जियम नागारिक कुमार बस्नेत ज्युले १५० युरो पठाउन लागेको मामा कामे मगरले बताए । संजालमा व्यापक रुपमा जोयालाई सहयोग रकम पठाएको देखिए पनि त्यो रकम कहा कसले कसरि दुरूपयोग गरे र गरिरहेको छ भन्ने बारे अन्योल रहेको बताउदै निश्चित व्यक्ति चिनेर मात्र सहयोग रकम पठाउन मामा कामे मगरले दुधकोशी मिडियालाई बताउन भयो ।
र भर्खर मात्र प्राप्त विवरण अनुसार आजसम्म ४८४११ पेसो जोयाको हातमा पुगेको श्रोतले जनाईएको छ ।
जोया र जिबनको परिवारलाई न्याय दिलाउने सन्दर्भमा नेपाल मगर संघ केन्द्रिय समितिले नेतृत्व गरिरहेकोले कहिँ कतै अनधिकृत रुपमा पैशाको चलखेल नगर्न अनुरोध गर्दै संघले निर्णय गरेको खाता तथा व्यक्तिलाई मात्र सहयोगको लागि संयोजन गर्न अनुरोध नेपाल मगर संघले गरेको छ
Post a Comment