पहिराेमा पुरिएका भरत राई र राममती राई । तस्बिर : भरत कुलुङ
भोजपुर : गएराती जिल्लाको उत्तरी कुलुङ्ग–९ खमारेमा पहिरोले पुरिएर २ जनाको ज्यान गएको छ । दुईदिन देखि परेको अविरल बर्षाका कारण पहिरो जाँदा ५८ वर्षिया भरत राई उनका श्रीमती ५४ वर्षिया राममती राईको पहिरोले पुरिएर घटनास्थलमै ज्यान गएको हो ।
पहिरो जाँदा जिल्ला सदरमुकामदेखि ३ दिन पैदल दुरीमा पर्ने दुर्गम कुलुङ–९ को सिंगो खमारे गाउँ पहिरोको जोखिममा परेको छ । गाउँको तल्लो भागबाट गएको पहिरोले गाउँ तानिदै गएपछि १२ घर परिवार जोखिममा परेको र जोखिम घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका निरिक्षक राधाप्रसाद पराजुलीले बताए । पहिरोले मानिससहित ४ वटा गाई र ८ वटा भेडा पुरिएको छ ।
पुरिएका लाशलाई स्थानीयवासीको सहयोगमा प्रहरीले निकालेको छ । हालसम्म पनि लगातर भारी बर्षा भइरहेकोले पुनः क्षति हुन सक्ने अनुमान गरिएको छ । त्यसैगरी गएराती गएको पहिरोका कारण छिमेकी गाविस चौकीडाँडामा समेत एक घर पुरिएको छ । थप जनकारी आउन बाँकी र घटनातर्फ प्रहरी पठाईको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Post a Comment