Latest Updates :

पोर्न स्टारको छवि परिवर्तन गर्दै बलिउड प्रवेश गरी मूलधारको फिल्मकी नायिका बनेकी सन्नी लियोनी


SHARE THIS POST :
वित्तीय व्यवस्थापनमा निक्कै चतुर देखिन्छन्। उनले जोखिम हेरेर सेयर, जग्गा र सुनमा लगानी गरेकी छन्। इकोनोमिक टाइम्ससँगको अन्तर्वार्तामा उनले यसबारे विस्तृत बताएकी छिन्।

तपाईं सेयर सुन र जग्गामा कसरी लगानी गर्नुहुन्छ?
पैसा हाम्रो जीवनको एक हिस्सा हो। हामीले कसरी काम गर्छौं, हामी कसरी अघि बढ्छौं,  हामीले गर्न चाहेको चिज कसरी गर्न सक्षम हुन्छौं। म धेरै पैसा हुने पारिवारिक पृष्ठभूमिबाट आएकी होइन। मैले मेरा अभिभावकले गरेको संघर्ष देखेकि छु। मैले मेरा पिताबाट धेरै कुरा जान्ने अवसर पाएँ।

पैसाको सवालमा तपाईंले पाएको वा पढेको सबैभन्दा महत्वपूर्ण सुझाव के थियो?
मेरा अभिभावकबाट पाएको थिएँ। उहाँहरु मलाई संधै स्वतन्त्र रुपमा र आफ्नै बलमा रहन सुझाव दिनुहुन्थ्यो। तिमीले आफ्नो सबै आफैले व्यवस्थापन गर्नुपर्छ, अरुको गणना गर्नुहँदैन्। मलाई लाग्छ मैले जीवनमा पाएको यो नै सबैभन्दा महत्वपूर्ण सुझाव थियो।

पैसा खर्च गर्ने मामिलामा तपाईं आफूलाई जोखिम उठाउन चाहनेका रुपमा व्याख्या गर्नुहुन्छ वा सम्झी बुझी काम गर्नेका रुपमा?
नाफाघाटा हेर्ने तथा नियन्त्रित भन्नुहोस्। मैले गरेका धेरै व्यापार तथा लगानी (म्युचुअल फण्ड, सेयर) त्यसैगरी लस्ट (लियोनेज डियो एण्ड पर्‍फुयम) सबै नाफा घाटा हेरेर गरेको लगानी हो। म पैसाको मामिलामा नियन्त्रित छु, त्यसैले धेरै कुरा क्यालकुलेट गर्छु। लगानीमा पक्कै पनि जोखिम त हुन्छ नै तर त्यो पनि क्यालक्लुट गरेको जोखिम हो।

तपाईंको आफ्नो पहिलो लगानी कुन थियो, तपाईंका लागि यो कसले गरेको थियो?
म १८ वर्षको भएपछि आफै मनोरञ्जन व्यापारमा हात हालें। र मैले आफूलाई र आफ्नो नामको ब्राण्डमा लगानी गरें। मैले जे कमाएँ, त्यो सबै मैले आफ्नै कम्पनीमा लगानी गरें। मैले वेवसाइट कसरी बनाउने भन्नका लागि एचटिएमएल पढें। म आवद्ध भएको पहिलो कार्यक्रम गरें, तस्वीरहरु सम्पादन गर्न सिकें। यसमा धेरै पैसाको लगानी भयो भने समय पनि खर्च गर्नुपर्यो। त्यसैले मेरा लागि यो सबैभन्दा ठूलो लगानी भयो। म विभिन्न वेवमास्टरकहाँ पुग्थें, कार्यक्रमहरुमा पुग्थें र वेवसाइटमा ट्राफिक व्यवस्थापनका विषयमा जानकारी लिन्थें।

तपाईंले आफ्नो पहिलो तलवबाट के गर्नुभयो?
मैले त्यो पैसा चक्लेटमा खर्च गरें। म सात वा नौ वर्षको हुँदा गर्मीका महिनामा लेमनेड स्ट्याण्ड राखेर केही पैसा जोगाएकी थिएँ। तर मैले सबैभन्दा ठूलो खर्च भने १३ वर्षको उमेरमा अभिभावकको अनुमति विना साल्ट एण्ड पेपाको टेप खरिद गरेकी थिएँ। यो ९ देखि २० डलर जतिको खर्च थियो।

सुन, जग्गा र सेयर यी तीन चिजलाई कुन प्राथमिकतमा लगानी गर्न चाहनुहुन्छ। र तपाईंले अहिलेसम्म यी तीन चिजमा कति प्रतिशतका दरले लगानी गर्नुभएको छ?
मैले ४० प्रतिशत सेयरमा तथा ३०/३० प्रतिशतका दरले घर र सुनमा लगानी गर्छु। मेरै सबैभन्दा ठूलो लगानी अमेरिकाको म्युचुअल फण्डमा छ। मैले अहिले पनि भारतमा आफ्नो लगानीको बाटो पहिल्याउने कोशिस गरिरहेकी छु। घरजग्गामा गरेको लगानी संधै सुरक्षित रहन्छ। सुनको मामिलामा म भौतिकरुपमा सुन किन्न भन्दा पनि सुनको बोण्डहरु किन रुचाउँछु।

तपाईं कुन कुरामा आँखा चिम्लिएर लगानी गर्नुहुन्छ र किन?
हामीले केहि रकम इरा(इन्डिभिजुअल रिटायरमेन्ट अकाउण्ट)मा गरेका छौं। र अरु केही रकम अमेरिकामा सुरक्षित लगानीमा छ। त्यसैगरी एउटा दलाल कम्पनी छ उसले हाम्रो लगानीको केही हिस्सा सेयर बजारमा लगानी गरिदिन्छ। रमाइलो ब्रेक्जिट(युरोपियन युनियनबाट बेलायत बाहिरिने चुनाव)मा हामीले केही रकम गुमायौं। तर पछि यो लगानी उकासियो। मैले आँखा चिम्लिएर गरेको अर्को लगानी हो लस एन्जेल्सको हलिउड हिल्समा रहेको पाँच हजार स्क्वायर फिटको घरमा गरेको लगानी। मैले यो घर जोड्नका लागि धेरै लगानी गरेकी छु। यदि मलाई कुनै दिन यो सम्पत्ती बेच्नुपर्यो भने मलाई थाहा छ मैले राम्रो मुनाफा कमाउने छु।

तपाईंसँग हेल्थ इन्सुरेन्सको कभरेज पनि छ?
हो, हामीले ओबामा केयर तथा निजी इन्सुरेन्स गरेर धेरै रकम हेल्थ इन्सुरेन्सको कभरेजका लागि खर्च गरेका छौं।

जीवन बीमाका विषयमा तपाईंको के धारणा छ?
अमेरिकामा सबै कुरा इन्सुरेन्स गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ। त्यसैले हामीले घरको इन्सुरेन्स गरेका छौं। भुकम्पको असर कम गर्ने इन्सुरेन्स र कार इन्सुरेन्स गरेका छौं। भारतमा मेरो बिएमडब्लु सिरिजको कार छ, त्यसको इन्सुरेन्स गरेकी छु।

पेन्सन तथा सेवा निवृत्तीका लागि केही योजना लिनुभएको छ?
अमेरिकामा हामीसँग इरा प्लान छ। यसको मतलव हामीसँग निवृत्तीपछिको योजना छ। यदी म यो उद्योगमा हुने थिइन् भनें,  म यहाँ सफल हुँदैन्थे भनें र मैले अवकासपछिको जीवनका लागि नगद चाहिन्थ्यो भने। मैले कहाँबाट के पाउँथे? अहिले मलाई चिन्ता छैन किनभने मैले यति धेरै ठाउँमा लगानी गरेकी छु। यदि आज मेरो बलिउड यात्रा टुङ्गिन्छ भने पनि मेरो जीवन चलाउनका लागि मेरा लगानी काफी छ। तर पक्कै पनि त्यो जीवनशैली फरक हुनेछ।

पैसा भएको एउटा मान्छे जोसँग एउटै टेवलमा तपाई बस्न चाहनुहुन्छ?
जेसिका सिम्सन। मलाई उनको बिजनेश मोडल मन पर्छ। उनले आफ्नो नाममा  जुत्ताको उत्पादन बजारमा ल्याउन ठूलो लगानी गरिन्। जुत्ताबाट यो विस्तार भएर कपडादेखि अन्य सामानसम्म विस्तार भयो। अहिले उनी करोडौं डलरको कम्पनीकी मालिक्नी बनेकी छन्। एउटा महिलाका रुपमा र मनोरञ्जन उद्योगमा भएका नाताले  म उनलाई हेर्छु र भन्छु तपाईंले एउटा गजब काम गर्नुभयो।

खाली ठाउँ भर्नुहोस्, पैसाले खुशी किन्न सकिंदैन् तर यसले…
एउटा राम्रो घर किन्न सकिन्छ। तपाईं आफ्नो घरमा खुशी नहुन पनि सक्नुहुन्छ। तर नयाँ घर किनेर खुशी हुने प्रयास गर्नुस।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv