Latest Updates :

हेर्नुस तीजकै दिन ग्वार्कोमा यसरी रङ्गेहात पक्राउ परे पाँच जोडी डीएसपीले यसरी देखाए कौशल भिडियो सहित


SHARE THIS POST :


काठमाडौं, १९ भदौ । तीजको दिन ललितपुरको सातदोबाटोमा रहेको खाजाघरमा यौनजन्य क्रियाकलाप गर्दै

गरेको अवस्थामा प्रहरीले रङ्गेहात केटा र केटीसहित ११ जनालाई पक्राउ गरेको छ । स्थानीयको उजुरी र गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खुटिएको प्रहरी टोलीले आइतबार ग्वार्कोस्थित मनीषा खाजा घरबाट सञ्चालक सञ्जय पाण्डेसहित पाँच जना केटी र छ जना पुरुषहरूलाई पक्राउ गरिएको नायव उपरीक्षक रामेश्वर यादवले जानकारी दिए ।

‘ग्वार्को क्षेत्रमा यौनजन्य क्रियाकलाप हुने गरेको स्थानीयको उजुरी थियो’, डीएसपी यादवले भने, ‘छ जना युवती र सञ्चालकसहित पाँच जना पुरुषहरूलाई पक्राउ गरेर राखेका छौँ ।’ ग्वार्कोस्थित बी एण्ड बी अस्पताल नजिकै रहेको मनीषा खाजा घरमा पाँच जना युवतीसँग छ जना पुरुषले बार्गेनिङ गरिरहेको तथा केहीले सो खाजा घरमा यौनजन्य गतिविधि गरेकै अवस्थामा पक्राउ गरिएको डीएसपी यादवले बताए । ‘समाजलाई असर पर्ने गरेर हुने कुनै पनि क्रियाकलापको सबैले रोक्नुपर्छ’, यादवले भने, ‘तीजको दिन यसरी यौनजन्य क्रियाकलाप गर्नेहरू समाजका लागि राम्रो मान्न सकिँदैन ।’

 मनीषा खाजाघरमा यसअघि पनि यौनजन्य क्रियाकलाप हुँदै आएको पटक पटक उजुरी परेको थियो । खाजा घर भनिए पनि यौनजन्य क्रियाकलाप हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले आज छापामारेर सबैलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका खाजा घरका सञ्चालक पाण्डेले युवतीहरूलाई ग्राहकसँग मिलाइदिए वापत कमिशन लिने गरेको आरोप पक्राउ परेका युवतीहरूले नै लगाएका छन् । छापामार्नु अघि नायव उपरीक्षक यादवले पहिला सो खाजा घरमा सिभिलमा प्रहरी पठाएका थिए । प्रहरीले मोलमोलाइ र यौनजन्य क्रियाकलाप गरेको देखेको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv