Latest Updates :

‘सुन्दरी भेट्न’ सुनौलीबाट पोखरा आएका करोडपति यसरी अपहरणमा परे


SHARE THIS POST :


भारतको सुनौलीका सोनु भन्ने खुर्सिद अहमदलाई पोखरा घुम्ने निम्तो आयो। यतिकै त पोखरा भनेपछि हुरुक्कै हुने भारतीय नागरिकलाई युवतीले नै डाकेपछि सोनु पोखरा आइपुगे। सुनौलीको जुगौली घर भएका सोनु करोडपति हुन्। गाउँमै सबैभन्दा ठूलो घर उनको छ। करोडपतिका लागि पोखरा घुम्न आउनु कुनै ठूलो कुरा भएन।

भदौ ११ गते सोनु घरबाट हिँडे। भैरहवा घर भएकी ती युवतीले उनलाई पोखरामै भेट्न भन्दै फोन गरिन्। सुनौलीबाट पोखरा एक दिनको बाटो। त्योबीच सोनु र ती युवतीको पटक–पटक फोनमा कुरा भइरह्यो। सुन्दर नगरी, त्यसैमाथि सुन्दरीसँग भेट हुने ठूलो सपना बोकेर आएका थिए। भदौ १२ गते बिहान सोनु पोखरा आइपुगे। पोखरामा एक लजमा फ्रेस हुन के लागेका थिए, युवतीको नम्बरबाट फोन आयो।

बिहानको ९ बजे उनी तयार भए। युवतीले उनलाई लेखनाथ आउन आग्रह गरिन्। त्यति मात्र होइन, लिन गाडी पनि पठाइन्। लजमै आपूmलाई गाडी लिन पठाएको भनेपछि युवती धनी घरानाकी होलिन् भन्ने लाग्यो सोनुलाई। गाडीले उनलाई लेखनाथ–८ सिसुवाको एक घरमा पुर्यायो। सोनु गाडीबाट ओर्लिए। घरको बार्दलीबाट ती युवतीले हात हल्लाउँदै स्वागत गरिन्। ठूलो घर गाडी अनि सुन्दर युवती देखेर अहमद मख्ख परे।

सोनुलाई कोठाभित्र प्रवेश गराएपछि ड्राइभरले ‘मेडम म गाडी धुन जान्छु है’ भन्दै बाहिर निस्किए। त्यो भनेपछि झन् सोनुलाई पक्का भयो कि युवती धनी परिवारकी हो भनेर। अलिअलि हिन्दी बोल्ने ती युवती एक मिनेट कुरा गरेपछि ‘मे पानी लेके आति हुँ’ भन्दै बाहिर निस्किइन्।

युवती के बाहिर निक्लिएकी थिइन्, त्यतिकैमा ४–५ जना युवा कोठाभित्र प्रवेश गरे। सोनुलाई समातेर बन्धक बनाए। हात खुट्टा बाँधेर बाथरुममा राखिदिए।

सोनुलाई अपहरण गरिएको भन्दै सुनौली घरमा फोन गयो। सोनुको दाइसँग अपहरणकारीले एक करोड मागे। रकम नदिए या प्रहरीलाई खबर गरे सोनुलाई मारिने भनेपछि घरमा हल्लाखल्ला मच्चियो। सोनुको परिवारले कास्की प्रहरीलाई खबर गरे। यता कास्की प्रहरीले तुरुन्तै अनुसन्धान अघि बढायो। प्रहरी टोली परिचालन गरियो। यो घटना बाहिर आउला भनेर जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजुसिद्धि बज्राचार्यले निकै सजगता अपनाए।

लेखनाथबाट भदौ १३ गते आएको खबरले कास्की प्रहरीलाई सफलता दिलायो। सोनुलाई लेखनाथ सिसुवा अशोक अधिकारीको घरमा बन्धक बनाएर राखेका रहेछन्। यता कास्की प्रहरीले खोजी कार्य तीब्र पारेको भन्ने सुइँको पाएपछि अपहरणकारी बाध्य भएर सोनुलाई त्यहीँ छाडेर भागे।

कोही नभएपछि सोनुले बाँधेको हात खुट्टा फुकाए। त्यसपछि डोरीको प्रयोग गरेर कोठाबाट निक्लिन सफल भए। त्यहाँबाट सकुशल निक्लिएका सोनु अर्को झमेलामा फसे। डोरीको प्रयोग गरेर नौलो मान्छे घरबाट निक्लिएको देखेपछि छरछिमेककाले ‘चोर–चोर’ भन्दै समाते। त्यो खबर इलाका प्रहरी कार्यालय पुग्यो। त्यहाँबाट टोली घटनास्थलमा खटियो। पुलिस पुगेपछि आपूm चोर नभई अपहरणमा परेको सोनुले बताए। त्यसपछि प्रहरीले उनी निक्लिएको कोठा खोलेर खातलास गर्यो। त्यहाँबाट एउटा गोलीबिनाको अमेरिकन पेस्तोल भेटियो। पेस्तोल फेला परेपछि प्रहरी अन्योलमै पर्यो।

अनुसन्धानका लागि सोनुलाई जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइयो। अपहरण गर्दा प्रयोग गरेको गाडी चालक भारत उत्तर प्रदेश गोरखपुर जिल्ला हमादीपुर घर भई हाल पोखरा–९ नयाँबजार बस्ने २५ वर्षीय शाहबुद्धिन कुसेरीलाई कास्की प्रहरीले पक्राउ गर्यो। सोनुलाई आफ्नो छिमेकीले अपहरण गर्न लगाएको भन्ने खुल्न आयो। त्यसपछि घटनामा संलग्न नवलपरासी कावासोती–११ का २१ वर्षे अरुण घलेलाई भदौ १७ गते रुपन्देहीबाट पक्राउ गरियो।

पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धि बज्रचार्यले बताए। अन्य फरार व्यक्तिको खोजी कार्य भइरहेको डिएसपी बज्राचार्यले बताए।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv