Latest Updates :

को हुन् शेरबहादुर देउवा ?...


SHARE THIS POST :
चक्रपथ डटकमले विभिन्न क्षेत्रमा चर्चित र स्थापित ब्यक्तित्वहरुको इतिहासदेखि वर्तमानसम्मको बृतान्त प्रस्तुत गर्न सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ब्यक्ति बृतान्त हामीले यसपटक प्रकाशित गरेका छौं । पाँच भागमा प्रकाशित हुने देउवाको ब्यक्ति बृत्तको पहिलो भाग यहाँ प्रस्तुत गरिएको छः

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको जन्म डडेल्धुरा जिल्लाको  ‘पश्यगर्खा’ क्षेत्रमा पर्ने  रुवाखोलामा बिक्रम सम्बत २००३ जेठ ३१ गते भएको हो । एक सम्भ्रान्त परिवारको रुपमा रहेको शेरबहादुर देउवाको परिवारलाई डडेल्धुरा क्षेत्रमा ठकुरी देउवा कुल भनेर चिन्दछन् । देउबा थर शुरुमा धेरै मानिसले सुन्दा अनौठो लागे पनि यो रजवार ठकुरी मध्येकै एक हो । शेर बहादुरको प्रसिद्दीसँगै अब देउबा नेपालका घर घरमा बोलिने नाम बनेको छ ।

देउबा थर शुरुमा धेरै मानिसले सुन्दा अनौठो लागे पनि यो रजवार ठकुरी मध्येकै एक हो । शेर बहादुरको प्रसिद्दीसँगै अब देउबा नेपालका घर घरमा बोलिने नाम बनेको छ ।

इतिहास अनुसार बैतडी चन्द, डोटी पचनाली , लुलानी मल्ल , डोटी बोगटानी बम, र ठकुरी बोगटी रजवारसँग मात्र बैबाहिक सम्बन्ध राख्ने सम्पन्न र जागिरदारको रुपमा  देउबा परिवार ऐतिहासिक कालदेखि चिनिदै आएको हो ।  डोटी राज्यकालमा डडेल्धुराको ‘पश्यगर्खा क्षेत्र’ यिनैको अधिनमा थियो । वर्तमान समयमा जिल्लाबासीले सभापति देउबालाई सम्मान पूर्वक ‘राजा साहेब’ सम्बोधन गर्नुका  पछि यहि ऐतिहासिक कारण रहेको बुझ्न सकिन्छ ।

उनका पूर्वज ठकुरी देउवाहरु डोटी राज्यकालमा नै चर्चित सामन्त थिए । तत्कालीन परिवेशमा ‘सामन्त’ भन्नाले जमिन्दारी र सासकीय अधिकारको अर्थमा बुझिन्थ्यो । नेपाल एकीकरण पछि पनि राजा पदवी र क्षेत्रीय साशन कायम राखेका डोटीका  राजासाहेब कुशलसिंह देउवा रजवारका दुई छोरा थिए– जेठा गोमन सिंह देउवा रजवार र कान्छा बहादुर सिंह देउवा रजवार ।



जेठा गोमन सिंह देउवा रजवारका एक छोरा उदै सिंह देउवा रजवार भए ।  उनै उदैसिंहका एक छोरा प्रसादसिंह देउवा रजवार हुन् । प्रसादसिंह देउवा रजवारका दुई श्रीमती डडेल्धुरा गणेशपुर मैरोड़ाका मल्लकुलकी छोरी धनादेबी (मल्ल) देउवा र डोटी बोगटानका ठकुरी बम कुलकी छोरी द्रोपती (बम) देउवाबाट ३–३ छोराहरु गरेर ६ छोराहरु क्रमश शेरबहादुर देउवा , लोकबहादुर देउवा, गणेशबहादुर देउवा, प्रेम बहादुर देउवा, ललितबहादुर देउवा र बलबहादुर देउवाको जन्म भयो । यी ६ भाइ मध्ये  जेठा शेरबहादुर देउवा राजनीतिमा सफल व्यक्तित्व बन्नपुगे ।

 जेठा गोमन सिंह देउवा रजवारका एक छोरा उदै सिंह देउवा रजवार भए ।  उनै उदैसिंहका एक छोरा प्रसादसिंह देउवा रजवार हुन् । प्रसादसिंह देउवा रजवारका दुई श्रीमती ९डडेल्धुरा गणेशपुर मैरोड़ाका मल्लकुलकी छोरी धनादेबी (मल्ल) देउवा र डोटी बोगटानका ठकुरी बम कुलकी छोरी द्रोपती ९बम० देउवा० बाट ३–३ छोराहरु गरेर ६ छोराहरु क्रमश शेरबहादुर देउवा , लोकबहादुर देउवा, गणेशबहादुर देउवा, प्रेम बहादुर देउवा, ललितबहादुर देउवा र बलबहादुर देउवाको जन्म भयो । यी ६ भाइ मध्ये  जेठा शेरबहादुर देउवा राजनीतिमा सफल व्यक्तित्व बन्नपुगे ।

यस कुलका ठकुरी देउवाहरु डडेल्धुराको रुवाखोला, डोटी गड्सेरा देउवान,  भारतको कुमाऊ बंडालु , पिथौरागढ, सोर–चंदेनी क्षेत्रमा गरी झन्डै ५०० परिवारको संख्यामा छन् । ती मध्ये कुमाऊ क्षेत्रमा २००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५०, र रुवाखोला क्षेत्रमा १५० परिवार  रहेको तथ्यांक छ । यिनीहरुमध्ये भारततिरका धेरैले चन्द थर लेख्ने गरेको पाइन्छ ।

कत्युर मल्लले स्थापना गरेको राज्य हुनाले डोटीलाई कत्युराई पनि भनिन्थ्यो । राज्यलाई प्रसाशनिक सजिलोपन दिन र बाह्य आक्रमणबाट रक्षा गर्न मण्डल, ठकुराई र गढमा बिभाजन गरिएको थियो । यसै ठकुराईका प्रमुख सामन्तलाई ठकुरी भनियो, यद्यपि ठकुरीहरु प्राचीन राजघराना मध्येकै हुन् । आफ्नो उत्कर्षमा डोटी साम्राज्य भारतको कुमाउ र गढवाल क्षेत्रसम्म फैलिएको हुनाले यहाँका ठकुरीहरुको रवाफ पछि काठमाडौं खाल्डोका राणाजी हरुसँग तुलनायोग्य थियो । इतिहासको यो पक्ष राम्ररी बुझेर नै शेरबहादुर देउबासँग आरजु राज्यलक्ष्मी राणाको शुभ–बिवाह जुटेको नेपाली कांग्रेसका नेता स्व। आत्माराम ओझा बाहुन बताउँथे ।

लिच्छबी ठकुरी, काठमान्डू उपत्यकाको शाह बंश, र पछि नेपालमा पारिवारिक साशन स्थापना गर्ने राणाहरु राजपुत थिए । इशापूर्व बाह्रौं शताब्दीसम्म आइपुग्दा राजा अरमुड़ी पछि नेपालका धेरै भागमा ठकुरी शासन स्थापना भएको इतिहासमा उल्लेख छ । अरमुड़ीबारे भारतको काश्मिर बंशावलीदेखि कल्हनको राजतरंगिनीमा पनि उल्लेख भएको पाइन्छ । यहि राजपुत ठकुरी बंश काठमान्डू उपत्यकाका देव र बर्मा हुँदै शाह र राणासम्म, पश्चिमका मल्ल ठकुरी हुँदै चन्द र देउबासम्म बिस्तृत भएको हो । नेपालको राजनीतिक शक्ति केन्द्रको नाभीमा यी दुई समूहको उपस्थिति कहिले प्रतिस्पर्धा र हिंसा त कहिले शान्तिपूर्ण सह–अस्तित्वमार्फत इतिहासदेखि बर्तमानसम्म निरन्तर छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv