Latest Updates :

जोयाको लागि ३ लाख प्रतिबद्धता गरेका पेम्बा शेर्पा र वहाँका दाजुबाट ३ लाख ३० हजार प्राप्त सहयोग (भिडियो हेर्नुहोस)


SHARE THIS POST :

३ लाख प्रतिबद्धता गरेका पेम्बा शेर्पा र वहाँका दाजुबाट ३ लाख ३० हजार प्राप्त
"तँ आँट म पुर्याउँछु" भन्छन रे भगवानले !
हामीले आँट गर्यौं , भगवान बनेर आउनु भो हंगकंगबाट पी शेर्पा लामा ज्यु ! बुहारी फर्काउन फिलिपिन्समा लाग्ने सम्पूर्ण प्रोसेसिङ्ग खर्च जुटाउने घोसणा गर्नु भयो ।
त्यो देखेर वहांको आफ्नै दाजु LP Lama ले अमेरिका बाट भन्नु भएछ , "ए तिमीले आँटेऊ ? भाइले आँटेको काममा म कहाँ चुप बस्छुर , म पनि साथ् दिन्छु" भन्दै ६० हजार एक्लै सहयोग गर्नु भएछ ।
हालसम्म व्यक्तिगत एक्लै अधिकतम दान गर्नु हुने वहाँ नै रहेछ ।हुनत सानो भन्दा सानो सहयोग पनि हाम्रो लागि अमुल्य छ ।
यसबाहेक पेम्बा ज्युका थुप्रै पारिवारका सदस्यहरु र साथी भाईहरु बाट पनि सहयोग भएको रहेछ, वहाँ हरु सबैको बिवरण तल हेरेर धन्यवाद दिनु होला ।
शेर्पा ज्युले अस्ति र आज गरेर १,५०,०४५.४६ पेसो अर्थात् नेपाली ३ लाख ३० हजार नेपाली रुपैयाँ बराबर रकम फिलिपिन्समा जीवनको नाममा पठाई सक्नु भएको छ ।
यत्रो समय र मन दिएर यत्रो सहयोग जुटाउनु भएकोमा पेम्बा लामा शेर्पा ज्युलाई हार्दिक -हार्दिक नमन ! अनि वहांको साथ दिनुहुने आफ्नै दाजु LP Lama ज्युलाई पनि धेरै धेरै धन्यवाद , यहाँ हरुको सम्बन्ध यस्तै गाढा रहिरहोस, अनि सम्पूर्ण परिवारमा सुख शान्ति छाइरहोस !
साथ् साथै पी शेर्पा ज्युको साथ दिनुहुने सम्पूर्ण मित्र महानुभावहरुलाई पनि मुरी मुरी धन्यवाद र नमस्कार !
तपाईहरु सबैको सहयोगले एउटा गरिबी र परिस्थितिको शिकार बनेको असल जोडी र परिवारको मिलन भई उद्धार हुने भएको छ ।धन्यवाद !


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv