Latest Updates :

#Breaking_News धादिङको मार्पाकमा बस दुर्घटना, १४ को मृत्यु


SHARE THIS POST :


धादिङ । धादिङको उत्तरी क्षेत्रको मार्पाक गाविसमा यात्रुबस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

सदरमुकाम धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित लापाङ चौतारा नजिकै सडकबाट करीव ५०० मिटर तल खसेको थियो ।

दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको धादिङका एसपी शरद खत्रीले जानकारी दिएका छन् । मृतकमध्ये पुरूष १० र महिला ४ जना रहेको उनले बताए ।

दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् भने उनीहरूको उद्दारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको एसपी खत्रीले जानकारी दिए ।

साथै खहरेबाट उद्दारका लागि एम्बुलेन्स घटनास्थलगर्फ लागेको प्रहरीले बताएको छ ।

मंगलबार बिहान ७ बजे धादिङबेसीबाट छुटेको बस बिहान साढे ११ बजे दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ ।

कच्ची बाटो र क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

उद्धारमा खटिएका स्थानीयका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने छ । दुर्घटनास्थलमा केहिबेर अघिमात्र प्रहरी पुगेको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv