Latest Updates :

भारतबाट नक्कली नोट बनाउन सिकेका मानबहादुर पक्राउ - Read More ...


SHARE THIS POST :


सर्लाहीको हरिवन ६ घुर्कौली स्थित घरमा नक्कली नेपाली नोट कारखाना चलाउँदै आएका ४१ वर्षीय मानबहादुर घलानलाई हजारौं थान नक्कली नोटसहित सर्लाही प्रहरीले पक्राउ गरेको छ। दिदी चिन्नीमाया घलनाको घरमा बस्दै आएको कोठमा उनले नक्कली नोटको कारखाना चलाउँदै आएका थिए।
घलना बस्दै आएको कोठाबाट एउटै नम्बरको १ सय १० थान हजारको नोट, विभिन्न नम्बरको १ सय ५५ थान पाँच सयको नोट, २ सय ५६ थान सयको नोट, ३६ थान पचासको नोट, ३५ थान बिस दरका नोट, रु ५ का ४ थान, भारतीय रु ५ को १ थान र अमेरिकन डलर १ सयको २ थान नक्कली नोट बरामद गरेको छ। उनको घरबाट कम्प्युटर, प्रिन्टर, टाइप राइटर, नोट बनाउन प्रयोग हुने विभिन्न कागज, इन्क(मसि) लगाय अन्य औजारसहित शुक्रबार पक्राउ परेका घलानलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले शनिबार सार्वजनिक गरेको छ।
शुक्रबार दिउँसो सदरमुकाम मलंगवास्थित जिविस चौकबाट नक्कली ५० रुपैयाँको नोटसहित पक्राउ परेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा घलान नक्कली नोट कारखाना सञ्चाक रहेको खुलेको थियो। घलानलाई खोटा चलन मुद्दा चलाउने तयारी भएको प्रहरी उपरीक्षक केदार ढकाले बताए । दुई लाख २१ हजार नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित पक्राउ परेका घलनालाई जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक ढकालले बताए। भारतको कलकतामा १७÷१८ वर्ष बस्ने क्रममा नक्कली नोट बनाउन तालिम लिएको प्रहरीसमक्ष स्विकार गरेको ढकालले बताए।
घलानलाई नियन्त्रणमा रोखेर कति नोट बनाएर कहाँकहाँ साटिएको हो भन्ने बारे प्रहरी प्ररम्भिक अनुसन्धान थाले पनि हालसम्म केही खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयअगाडी उजुरी लेखाएवापत लेखापढी व्यवसायीलाई नक्कली नोट दिएपछि प्रहरीको फन्दामा आएका घलानको घरमा शुक्रबार नै प्रहरीले छापामारी गरेर नक्कली नोट, बनाउन प्रयोग हुने कागजता तथा उपकरण बरामद गरेका थिए ।
दुइ वर्ष मलेसिया बसेर नेपाल फर्केका घलानले तीन वर्षअघि हरिवन बस काउन्टरमा सस्तोमा नक्कली डलरसमेत साटेर विवादमा आएका थिए। गाउँस्तरमा भएको छलफलमा घलानले गल्ती भएको भन्दै डलर फिर्ता लिएको तीन वर्ष नबित्दै पुनः ठुलो नेपाली नक्कली नोट र नक्कली नोट बनाउने उपकरणसहित पक्राउ परेको प्रहरीले बताएको छ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv