Latest Updates :

यस्तो रहेछ एन्जेलिनाले ब्राड पिटलाई डिभोर्स दिनुको रहस्य - See more at:


SHARE THIS POST :
बुधबार, ५ असोज, २०७३


हलिउड जोडी एन्जेलिना जोली र ब्राड पिटको डिभोर्सको खबरले विश्वलाई नै आश्चर्य चकित पारेको छ । ११ वर्ष लामो सम्बन्ध एकाएक टुगिंएपछि यस पछाडिको कारण जान्न धेरै मानिसहरु उत्सुक रहेका छन् ।

पेज सिक्सले ब्राड पिटसँग डिभोर्स पाउँ भन्दै अदालतमा अपिल गरेपछि डिभोर्सको खबर विश्वभर फैलिएको हो । एन्जेलिनाले आफ्नो प्राइभेट अनुसन्धानकर्तामार्फत अभिनेत्री मेरिअन कोटीलार्डसँग अफयेर भएको थाहा पाएपछि डिभोर्स गर्ने निर्णय लिएकी हुन् ।


गाेप्य स्रोतले दिएको जानकारी अनुसार,‘एन्जेलिनाले प्राइभेट डिटेक्टीभलाई आफ्नो पति ब्राड बारे अनुसन्धान गर्न लगाएकी थिइन् । उनलाई लागेको थियो की ब्राडले उनीसँग कुरा लुकाइ रहेका छन् । अन्ततः ब्राण्डको भित्री रहस्य जासुसले बाहिर ल्याउन सफल भए ।’


ब्राड र मेरिअनले हालै ‘एलाइड’ फिल्म खेलेका थिए ।


अन्य स्रोतका अनुसार ब्राडको वीडकाे (गाजा तान्ने) लत, रक्सी ज्यादा पिउने बानीदेखि वाक्क भएकी थिइन् । त्यस कारण पनि उनी डिभोर्स गर्ने निर्णयमा पुगेको टिएमजेडले बताएको छ । टिएमजेडका अनुसार भने ब्राड र एन्जेलिनाबीच डिभोर्स हुनुमा तेस्रो व्यक्तिको हात नरहेको बताएको थियो ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv