Latest Updates :

उपचार खर्चको अभावमा मृत्युको पर्खाइमा छिन् २१ वर्षीय युवती ,सक्नु हुन्छ भने सहयोग गर्नुहोस नत्र शेयर मात्र भए पनि गरिदिनु होला See more at:


SHARE THIS POST :

प्यूठान ६ असोज  । स्वास्थ्य मन्त्री गगन थापाले पैसाको अभावमा उपचार नपाएर कसैलाई मर्न नपरोस् भनेर बताईरहेका बेला प्यूठानमा भने एक युवती १० महिना देखि दुबै मृगौला फेल भएर उपचार खर्चको अभावमा मृत्युसँग जुधिरहेकी छिन् ।प्यूठानको तुषारा गा.वि.स वडा .न.९ कुता निवासी २१ बर्षीय सिता पोख्रेल मृगौला रोगबाट पिडित छिन् ।

४ जना दिदीभाईमध्ये की जेठी छोरी सितालाई १० महिना अगाडि एक्कासी बान्ता हुने समस्या देखा परेको थियो । ज्वरो आउने र बान्ता हुने समस्या देखिएपछि उनलाई परिवारले जिल्ला अस्पताल बिजुवारमा ल्याएका थिए । तर, अस्पतालमा गरिएको उपचारले निको नहुंदा सिद्धार्थ सिटी हस्पिटल भैरहवा लगेपछि दुबै मृगौला फेल भएको थाहा पाएको उनका भाई मधुसुदन पोख्रेलले बताए।

आफूलाई सन्चो भएपछि एस.एल.सी पास गर्ने ठुलो आशा बोकेकी २१ बर्षीय युवती यतिबेला उपचारको अभावमा छटपटाईरहेकी छिन् । सामान्य परिवारमा जन्मिएकी उनी आर्थिक अभावका कारण समयमै उपचार हुन नसक्दा जिवन र मरणको पिडामा तड्पिएकी छिन् । पिडित पोख्रेलका भाई मदुसुधन पोख्रेलले गहभरि आँसु लिँदै भने, “बुबाले भारतमा मजदुरी गर्नुहुन्छ, त्यो पैसाले हामीलाई खान पनि राम्रोसंग पुग्दैन उपचार केले गर्ने ? दिदीको यो अवस्था छ, सबै जना दिदीको साथमा हुँदा पनि आर्थिक अभावका कारण उपचार गराउन नसक्दा गरिब हुनुमा निकै पिडाको महसुस भएको छ ।

पोख्रेल परिवारले ३ पटकसम्म दिल्ली लगेर उपचार गर्दा गाउँका स्थानियहरु सँग ऋण लिएको ३ लाख र आफूसँग भएको ३ लाख ५० हजार सकिएको ताएको छ । थप उपचारका लागि खर्च अभाव हुँदा उपचारमा कठिनाई भएको बुबा बसन्त जैसीले बताए । ‘अहिले उसको अवस्था साह्रै चिन्ताजनक छ ,बेला बेलामा बेहोस हुन्छिन तर उपचारका लागि कतै लैजान सकेका छैनौं,’ उनले भने । आफूसँग उपचार गराउने कुनै उपाय नभएपछि सहयोगी हातहरुको अपेक्षा पीडितको परिवारले गरेको छ । भन्छन्, ‘कोही सहयोगी मनहरुले सहयोगका हात बढाइदिए छोरी बचाउन सकिन्थ्यो ।’


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv