Latest Updates :

धादिङको मार्पाक बस दुर्घटनामा १७ को मृत्यु २० घाइते ९ जनाको अवस्था गम्भीर,घाइते ६ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो - See more at:


SHARE THIS POST :

काठमाडौं, ११ असोज । धादिङमा मंगलबार भएको बस दुर्घटना घाइते भएकाको उद्धार गर्न नेपाली सेनाको एमआई १७ हेलिकप्टर घटनास्थलतर्फ गएको छ। सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीका अनुसार हेलिकप्टर घाइतेलाई काठमाडौं ल्याउने छ। जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदी तर्फ जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस पल्टदाँ कम्तिमा १४ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले अहिलेसम्म १४ जनाको शव निकालिएको जानकारी दिए। सुवेदीका अनुसार मृत्यु हुनेमा १० पुरूष र ४ महिला छन्। दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् भने उनीहरूको उद्दारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको छ। मंगलबार बिहान धादिङबेसीबाट ३१ जना यात्रु बोकी त्यसतर्फ गएको बस बिहान ११स्३० बजे मार्पाक गाँउ विकास समितिको वडा नं ५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँ खोला तर्फ ३ सय मिटर तल खसेको छ। बसको छत र सीटमा टनाटन यात्रु भएको प्रत्यक्षदर्शी दुर्गाबहादुर कुमालले जानकारी दिए। पहिरो गइ थुनिएको बाटो स्थानीयबासीले पन्छाइ बस पार गराउने क्रममा सो दुर्घटना भएको हो। घटनास्थलमा हाल प्रहरी पुगिसकेको छ। दुर्घटनामा परी घाईते भएका १५ जनाको उद्दार स्थानीयले गरेका छन्। घटनास्थल सदरमुकाम धादिङबेसीदेखि ३२ किलोमिटर टाढा छ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv