Latest Updates :

प्रचण्डलाई चीनको प्रश्न- नेपाललाई फेरि भारतको ‘नियन्त्रण’मा राख्न चाहेको हो ? - See more at:


SHARE THIS POST :

काठमाडौं, ५ असोज ।
 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे चीनबाट प्रतिक्रिया आउन थालेका छन् । सोमबार मात्रै चिनियाँ लेखक सु लिआङ्गले प्रचण्डको भारत भ्रमणबारे तिखो टिप्पणी गर्दै नेपाललाई भारतको नियन्त्रण रहेको हैसियतमा राख्न चाहेको हो भनेर प्रश्न गरेका छन् । नेपाल–चीन सम्बन्ध एकाएक गतिहिन बन्दै गएको भन्दै चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समार्फत उनले भनेका छन्– ‘प्रचण्डले नयाँ दिल्लीसँग मेलमिलाप गर्न खोजेको कि नेपाललाई भारतको नियन्त्रण रहेको हैसियतमा राख्न चाहेको ?’ भारतसँग सम्बन्ध सुधार गर्नु राम्रो भएपनि नेपाल–चीन सम्बन्ध एकाएक गतिहीन भएको देखिएको र चीनका नेताहरूको प्रस्तावित नेपाल–भ्रमण स्थगित हुने अवस्था आउनु चिन्ताजनक भएको उल्लेख गरेका छन् । दुःख पर्दा नेपालले चीनलाई सम्झिने गरेको र उसरी भारतसँग मिल्ने गरेकोमा आलोचना गर्दै उनले लेखेका छन्- ‘चीन–नेपाल सम्बन्ध अकस्मात नाजुक र संवेदनशील भएको छ । चीन झुक्यानमा परेको देखिंदैछ । जब नेपाल दिल्लीको दबाबमा पर्यो त्यसबेला उसलाई बेइजिङ्गको मद्दत चाहियो र केही सम्झौताहरू पनि गर्यो । तर, जसै दिल्ली केही सहज देखिन थाल्यो अनि नेपालका नेताहरूले चीनसँगको सम्बन्धलाई प्राथमिकताबाट हटाउन थालेका छन् । यो राम्रो कदम होइन् ।’ बेइजिङ्ग इन्टरनेसनल युनिभर्सिटी इन्डियन स्टडी सेन्टरका निर्देशक समेत रहेका लिआङ्गले भारतसँगै चीनसँगको सम्बन्धलाई अगाडि बढाउन र चीनको ‘बेल्ट एण्ड रोड’ परियोजनाबाट लाभ उठाउँदै नेपालको भारतमाथिको परनिर्भरता घटाउन नेपाल सरकारलाई सुझाव दिएका छन् ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv