Latest Updates :

साबधान फेसबुक मार्फत सोझा सिधा युवकहरुलाई आफ्नो रुपजालमा फसाएर विवाहको नाटक रच्दै रकम कुम्ल्याउन माहिर यी महिला प्रहरीको फन्दामा म अहिले जर्मनीमा छु । म संग रातो पासपोर्ट छ ! युरोप पठाई दिन्छु भन्दै नेपालीहरुलाई आफ्नो मोहिनी रुपजालमा फसाउन सफल - See more at:


SHARE THIS POST :

काठमाडौं २६ भदौ |

सक्कली नाम विधा सरकार तर कहिले ईन्दिरा, कहिले रुचि अनि कहिले दिलासा जस्ता विभिन्न छद्म नाम भएको महिलाको नाम हो विधा सरकार अर्थात रुचि, दिलासा, फेमिना चापागाई । चापागाई थर बिवाह पछी राखेकी यी महिलाको ठगि धन्धाको बारेमा सायद धेरै नेपालीहरुलाई थाहा नहुन सक्छ ।


ठगकि रानी विधा सरकार अर्थात हालकी फेमिना चापागाई नेपालको सुदुर पुर्व ईटहरी माईत भएकी बंगालीमुलकी यि महिलाले विवाह समेत पटकपटक गरि सकिन । यिनको बिवाह धन्धा भनेको सोझासिधा नेपालीहरुलाई आफ्नो रुपजालमा फसाएर सोझा सिधा नेपालीहरु लुट्नु मात्र रहेछ भन्ने कुरा आज आएर प्रमाणित भएको छ र यहि पापको घडा भरिएर यी ठग महिला अहिले प्रहरीको चिसो कोठरीमा पुग्न समेत बाध्य भएकी छिन । सामाजिक संजाल फेसबुक कसैको लागी बरदान साबित भएको छ भने कसैको लागी अभिसाप । फेसबुक मार्फत सोझा सिधा युवकहरुलाई आफ्नो रुपजालमा फसाएर विवाहको नाटक रच्दै रकम कुम्ल्याउन माहिर रैछन भन्ने कुरा आज प्रहरीको फन्दामा परे पछी मात्र धेरैले चाल पाए । केहि समय मलेसियाको बसाई पछी यी ठग महिलाले म अहिले जर्मनीमा छु । म संग रातो पासपोर्ट छ ! युरोप पठाई दिन्छु भन्दै सोझा सिधा नेपालीहरुलाई आफ्नो मोहिनी रुपजालमा फसाउन सफल भईन । त्यसरी फस्नेमा पुर्व तिर घर भएका थपलिया थरिका ब्यक्ति परे । विवाहको नाटक देखाएर यी ठग महिलाले आफ्ना पति जेठाजु देखि देउरानी समेतलाई आफ्नो वाकपटुताले लठ्याएर करोडौ करोड रकम ठग्न सफल भएकी रैछिन । ती आईमाई एक्लैले यस्तो काम गर्न पक्कै पनि सक्दैन । आफ्नो मोहनिजालमा युवाहरुलाई फसाउदै लाखौ रकम लिएर टाप कस्नमा मद्धत गर्ने माईतिकै सदस्यहरु आमा ईन्दिरा तथा सानीआमा यमुना रैछ भन्ने कुरा पनि पछी खुल्न आएको देखियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv