Latest Updates :

बेलायतको पीआर त्यागेर नेपाली सेनाका महासेनानी कुमार लामा नेपाल फर्किए - see more


SHARE THIS POST :

आश्विन,२०७३-नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतको आवासीय अधिकार (आईएलआर) त्यागेर नेपाल फर्किएका छन् ।

बेलायतमा आफू माथिका यातनासम्बन्धी मुद्दामा सफाइ पाएलगत्तै लामा यहाँको पीआर त्यागेर सोमबार साँझ नेपाल फर्किएको लन्डनस्थित नेपाली दूतावास स्रोतले उल्लेख गरेको छ । लामाले गत साता आफ्नो पीआर रद्द गरिदिन दूतावासमा निवेदन दिएका थिए ।

दूतावासले लामाको निवेदनबमोजिम होम अफिस (गृह मन्त्रालय) लाई पीआर भिजा रद्द गरिदिन आग्रह गरेकामा होम अफिसले प्रक्रिया अगाडि बढाइएको जनाएको स्रोतले उल्लेख गरेको छ । गृहले काठमाडौंस्थित ब्रिटिस दूतावासमार्फत गर्न सकिने विकल्प समेत दूतावासलाई प्रस्तुत गरेको थियो ।

हामीले लामाले स्वेच्छाले पीआर त्याग्न गरेको आग्रहबारे जंगी अड्डामा समेत अवगत गराइसकेका छौं,’ दूतावास स्रोतले भन्यो, ‘व्यक्तिगत भन्दा दूतावासमार्फत आवेदन दिँदा बलियो प्रमाण हुने भएर लामाले त्यसो गरेको हुनुपर्छ ।’

बेलायतमा कुनै आपराधिक क्रियाकलाप गरे वा लगातार दुई वर्षभन्दा बढी समय यूकेबाहिर रहे यहाँको आवासीय अधिकार रद्द हुने प्रावधान भए पनि लामाले स्वेच्छाले त्याग्न निवेदन दिएका हुन् । लामा दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्किएका हुन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv