एजेन्सी- भारत प्रशासित काश्मिरको हंदवाडास्थित सैनिक क्याम्प बिहीबार विहानै आतंकारीले आक्रमण गरेको समाचार बाहिर आएको छ ।
कुपवाडा जिल्लाको लांगेटमा रहेको सैनिक क्याम्पमा आतंककारीले धावा बोलेको र भारतीय सैनिकले त्यसको जवाफ दिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
करिव २० मिनेट मिनेट सम्म दुई तर्फी गोली हानाहान भएको तर हताहतीको समाचार प्राप्त नभएको बताइएको छ । अहिले सो ठाँउमा व्यापक अप्रेशन चलाइएको जनाएको छ ।
उरी आक्रमणपछिको यो आतंककारीले भारतीय सैनिक क्याम्पमा गरेको यो दोश्रो आक्रमण हो ।अहिले सम्म पनि भारत — पाकिस्तानवीच तनाव कायमै रहेको छ ।
Post a Comment