Latest Updates :

लोग्नेले याैन इच्छा पुरा नगरेकाे भन्दै श्रीमतीले दिइन बिर्तामोड प्रहरीमा उजुरी !


SHARE THIS POST :

झापा, जब उनले दोश्री श्रीमती भित्र्याए , घरमा कलह शुरुभयो । कारण थियो शारीरिक सम्पर्कको । श्रीमान्ले आफ्नो इच्छा पुरा नगरेको भन्दै कान्छी श्रीमतीले प्रहरी समक्ष उजुरी नै गरिन् । शुरुमा त श्रीमान् श्रीमतीबीचको शारीरिक सम्पर्क र त्यसमा पनि श्रीमतीबाटै यस्तो उजुरी आउँदा प्रहरी पनि चकित प¥यो । इलाका प्रहरी कार्यालय बिर्तामोडमा परेको उक्त उजुरीसंग सम्वन्धित नाम ठेगाना भने गोप्य राखिएको छ । श्रीमतीले आफूलाई समय नदिएको र श्रीमानले शारीरिक सम्पर्कका लागि ध्यान नदिएको भन्दै योसंगै इलाका प्रहरी कार्यालय बिर्तामोडमा चालू आर्थिक वर्षमा तीन वटा उजुरी परेका छन् । प्रहरी समक्ष परेका ३ सय २२ वटा मुद्दा मध्ये यि मुद्दा फरक प्रकृतिका रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।श्रीमानले श्रीमतीलाई शारीरिक वा मानसिक यातना दिएका घटना हामीले सुनेका पनि छौं कतिले देखेका पनि छौं । तर, श्रीमतीले श्रीमानलाई शारीरिक तथा मानसिक यातना दिएको विरलै मात्र सुनिन्छ । श्रीमनले आफूलाई शारीरिक सम्पर्क नगरेको र गरेपनि आफ्नो इच्छा पूरा नगरेको भन्दै प्रहरी समक्ष उजरी गर्न आइपुगेकी ति महिला र पुरुषलाई प्रहरीले मिलाउन खोज्यो तर प्रहरीको प्रयत्न विफल भयो । लामो समयसम्म इलाका प्रहरी कार्यालयको परिसरमा पती पत्नीको सम्वन्धलाई स्थापित गराउन प्रयत्न गरेपनि श्रीमतीले अन्तत मुख खोलिन– के वस्नु यस्तासंग चाहेको समयमा शारीरिक सम्पर्क नै गर्दैनन्, गरेपनि इच्छा पूरा नगर्नेसंग किन बस्ने म त सक्दिन । शुरुमा त मिलापत्र गराउन बसेको प्रहरी नै जिल्ल परे । अन्तत श्रीमतीले श्रीमानसंगको शारीरिक सम्पर्कबाट असन्तुष्टि जनाएपछि प्रहरीले उक्त मुद्धा दर्ता गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका पत्नीबाट पीडित बनेको भन्दै श्रीमती विरुद्ध पनि उजुरी आउने गरेको प्रहरीले जनाएको छ । साभार पुर्बेलीन्युज -


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv