Latest Updates :

चट्याङ लागेर घरमा आगलागी !


SHARE THIS POST :
प्रकाशित मिति: सोमवार, अशोज १७, २०७३

सोमबार साँझ परेको चट्याङले यहाँको एक घर जलेर नष्ट भएको छ। सामान्य वर्षासँगै परेको चट्याङले जिल्लाको पूर्वी पहाडी गाविस सिद्धिपुर ५ स्थित गणेश राईको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।साँझ ६ः३० बजे सामान्य वर्षासँगै गड्याङ गुडुङ गर्दा चट्याङको झट्काले आगो उब्जेर घरको छानोमा सल्कन गई आगलागी भएको इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरी प्रमुख एसपी नरबहादुर केसीका अनुसार स्थानीय बासी र प्रहरी मिलेर एकघण्टापछि आगो नियन्त्रणमा आएको छ।

आगोले घरभित्रका अन्नपात, लत्तापपडा र भाँडाकुँडा क्षेति पुगेको प्रारम्भिक रिपोर्ट प्राप्त भए पनि यकिन क्षतिको विवरण भने आउन बाँकी छ। केहीदिनयता उदयपुरमा चट्याङ परेर निरन्तर जनधनको क्षति गर्दै आएको छ। दुईदिनअघि मात्र जिल्लाको मध्यवर्ती गाविस पञ्चावती ४ स्थित नेपालटारमा चट्याङ परेर एकजना गम्भीर घाईते बनाएको थियो भने दुईवटा गाई र भैसी गोठमै मरेका थिए ।सातादिनअघि गाईघाटसँगै जोडिएको त्रियुगा नगरपालिका ६ खैजनपुरमा गाई चराँदै गरेका ५७ वर्षीय एक स्थानीयको मृत्यु भएको थियो भने उनीसँगै रहेका अन्य दुईजना गम्भीर घाईते भएका थिए । मोवाईलमा गीत सुन्दै छाता ओढेर गोठालो गर्दै गरेका बेला उनलाई चट्याङ लागेको प्रहरीको भनाई छ । धेरैजसो चट्याङ पर्दा मोबाइल चलाउनेहरु मर्ने र घाईते हुने गरेका चट्याङले हान्नुमा मोवाईल नै मुख्य कारण हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv