Latest Updates :

सुनको भाउ आज पनि घट्यो


SHARE THIS POST :
प्रकाशित मिति: बिहिबार, अशोज २०, २०७३

काठमाडौं, सुनको भाउ बिहीबार पनि घटेको छ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ । सुन बिहीबार तोलाको ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ बुधबार एकैदिन तोलामा ११ सय रुपैयाँले घटेको थियो । चाँदीको भाउ पनि बिहीबार १० रुपैयाँले घटेर तोलाको ८ सय २० रुपैयाँमा झरेको छ ।
डलर मजबुत हुँदै गएको र पाउण्ड कमजोर हुँदै गएकाले सुनमा लगानी कम हुँदा भाउ घटेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अमेरिकामा रोजगारी बढेपछि डलर मजमुत हुँदै गएको हो ।
यसैबिच उपत्यकाभित्र कारोबार सन्तोषजनक नभएपनि उपत्यका बाहिर भने सुन किनबेच बढेको छ । दसैँको बेलामा रेमिट्यान्स बढेकाले पनि कारोबार बढेको महासंघका पूर्व अध्यक्ष शाक्यको अनुमान छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv