लोग्ने कतारमा हराए श्रीमती अर्कैको अंगालोमा हराइन,कतारमा हराएका श्रीमानलाई अन्तिम पत्र !
खै ! के भनेर सम्बोधन गरौं, मलाइ नै थाहा छैन ।
मैले धेरै सोचेर तिम्रो नाममा यो पत्र लेख्दै छु । मलाइ आशा छ तिमी र तिम्रा घरका अरुलाईपनि आरामै होला । तिमी र समाजको अगाडी त म चरित्रहिन महिलाको रुपमा चिनिएकी छु होला । तर मेरो बाध्यतालाई सायद बुझ्ने कोसिस गर्ला समाजले । म आज यो पत्र मार्फत केही कुरा सुनाउँदैछु । कृपया पूरै पढिदेउ है ।
तिमीसँग मेरो पहिलो भेट मेरै माइती घरमा मेरो हात माग्न आएको दिन भएको थियो । कक्षा ८ मा पढ्दा पढ्दै विहे पछि पनि पढाउने कुरा सुनेर मेरा बाआमाले सहमति जनाएका थिए । मलाइ त्यो बेला विहे गर्न मन थिएन । तर के गर्नु म १७ वर्ष भैसकेको पीर मेरो बाआमालाइ निक्कै थियो । नभन्दै त्यसको महिना दिनमै म बेहुली भएर तिम्रो घरको आगनमा पहिलो पटक पाइला टेकेकी थिएँ । कहिल्यै नदेखेको , नभेटेको मान्छेसँग कसरी जिन्दगी बिताउने यस्तै तर्कना खेलिरहेको थियो मेरो मनमा ।
नयाँ ठाउँ, नयाँ मान्छे र नयाँ नाता जोडिएको थियो मसँग । नयाँ बुहारी यसो गर उसो गर भनेर तिम्री आमाले मलाई सिकाइरहनुभएको थियो । तर म भित्रिएको हप्ता दिन देखिनै किन हो आमाको व्यवहार बदलिएको जस्तो लाग्यो । कहिले यो भएन त कहिले त्यो भएन भन्दै मुख विगार्नुको कारण त मैले माइतीबाट दाइजो नल्याउनु पो रैछ अलि पछि थाहा पाएँ । गरिब माइती अलि अलि भएको सम्पति नि दिदीहरुको विहेमै सकिएको थियो ।
मैले तिम्रो मुख पनि राम्रोसँग देख्न पाइन । तिमी विहान ८ बजे उठ्दा म मेला पुगिसकेको हुन्थें । घर फर्किदा तिमी गाउँ डुल्न हिडिसकेका हुन्थेउ । बेलुकाको खाना खाने समयमा झुलुक्क अनुहार देखिन्थ्यो तिम्रो । म जुठा भाडा गरेर कोठा पुग्दा कहिले त निदाइ सकेका हुन्थेउ तिमी । यसरी नै तिमीलाई जति खेर यौन इच्छा लाग्यो जागेर कोट्याउन थाल्थेउ म भने तिम्रो लागि सदावहार तयार हुनुपथ्र्यो त्यहाँ मेरो भावनाको कुनै सुनुवाइ हुने ठाउँ नै थिएन ।
मैले बारम्बार अव पढ्न जान्छु भन्दा यो भन्दा पढेर के गर्नु ? मेरो छुट्टी सकिन लाग्यो ।विदेश गएर धेरै पैसा ल्याउँछु अनि तिमीलाइ पनि पसल खोलिदिउँला भन्दै फकाएका थियौ । मलाइ त पुर्ण विश्वास थियो । तिमीले मलाई धोका दिन सक्दैनौ भनेर । विहे गरेको ६ महिनामै तिमी कतार जादाँ जत्ति मिठो सपना सोचेकी थिएँ त्यो त केवल वालुवाको महल भएछ आखिर ।
विदेश गएको केही समय त तिमीले पनि फोन सम्पर्क गरेर आशु झर्दा सम्झाउने गरेका थियौ । तिमी विदेश गएपछि मैले घरमा पाएको दुःखको भकारी तिमीलाई यो पत्रवाट बुझाउन सायद सक्दिन होला । घरमा तिम्रो आमाको मन मैले कहिल्यै बुझाउन सकिन खै किन हो मलाइ देख्ने वित्तिकै उहाँको मुखमा रिसको बाढी उर्लेर आएको जस्तो लाग्थ्यो ।
जव तिमी विदेश गएको २ वर्षमा अव छिट्टै घर आउछु होला भनेको भोलिपल्ट देखी सम्पर्कविहिन भयौ, मेरो जिन्दगीको बाटो मोडियो । हुन त तिमी सम्पर्कमा भए पनि तिमीले मलाई एक पैसा पठाएनौ । जति खर्च पठाए पनि आमाले मलाइ लुगा धुने सावुन किन्ने बाहेक अरु कुनै पैसा दिनुभएन ।
बजारमा साथीहरुसँग भेट हुँदा ‘विदेशिकी स्वास्नी कत्ति लोभ गर्छेस् ? कति एउटै कुर्ता लगाएको यसपालि त बजारमा यस्तो फेसन आको छ, उस्तो फोन आको छ भन्दै उल्ली बिल्ली पार्दा उनीहरुलाई दिने कुनै जवाफ थिएन मसँग । दसैंमा एक जोर लुगा पाउने मेरो भागपनि तिमी सम्पर्कमा नआएदेखी खोसिएको थियो ।
आमाले बारम्बार तेरो लाग्नेले पैसा पठाए पो दिनु भन्दै झर्किन थालेपछि मैले कहिल्यै कुनै आश नै राखिन उहाँसँग । हुँदा हुँदा तिमी सम्पर्कमा नआएको पनि २ वर्ष बित्यो । गाउँघरमा कहिले आउँछ तिम्रो श्रीमान ? भन्दै सोध्नेको संख्या बाक्लिँदै थियो । म तिम्रो घरमा घरको कुकुर भन्दा पनि पल्लो स्तरको भए जस्तो ठान्थें ।
कुकुरलाई आमाले बोलाइ बोलाइ भात खान दिनु हुन्थ्यो तर मलाइ कहिल्यै खाए नखाएको सोध्नु भएन । झिकेर खान मन लागे खान्थें नलागे भाडामै बासी हुन्थ्यो । मैले बोलाए एकोहोरो बोल्नु हुन्थ्यो नत्र उहाँले खासै बोलाउनु भएन । पछिपछि खै किन हो मलाई देख्ने बित्तिकै फलानाकी स्वस्नी पोइल गइ रे भन्दै मलाई नै ब्याङग्यातत्मक ढङ्गले गाली गरे जस्तो लाग्थ्यो ।
Post a Comment