Latest Updates :

पाकिस्तानसंग युद्द चर्किएको कारण देखाउदै भारतद्वारा पश्चिम नेपाल नाकाबन्द, दशैको मुखमा पुन: गतबर्ष दोहोर्याउने प्रयास त हैन?


SHARE THIS POST :
प्रकाशित मिति: आइतवार, आश्विन १६, २०७३

भारत पाकिस्तानको द्वन्द्व चर्किरहेका बेला भारतीय भारतिय सिमा सुरक्षा बल (एसएसबी) ले नेपालको कैलाली नाकामा आवत जावत बन्द गरेको छ । पाकिस्तानको विवादलाई कारण देखाउँदै सुरक्षाका लागि भनेर भारतले ती नाका ठप्प परेको जनाएको छ ।

जिल्लाका तीन वटा भारत नेपाल सीमा नाका ठप्प पारेको हो । टीकापुरमा रहेको खकरौला नाका, भजनीको गुलरियााट नाका र मरियाघाट नाका ठप्प पारेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

उता, भजनी त्रिशक्ति नगरपालिका दुई सीमा नाका पनि वन्द गरिएको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । भारतले यसरी सीमा नाका ठप्प पार्नाले भारतमा काम गर्न गएका नेपालीहरुलाई दशैमा घर फर्किन समस्या परेको छ । उक्त नाका असोज १८ गतेसम्म बन्द हुनेछन् ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv