Latest Updates :

अब मोबाइलमा रिचार्ज गरे बराबर नै ‘क्यास ब्याक’ पाइने एप


SHARE THIS POST :

काठमाडौं - अब जति रुपैयाँको मोवाइल रिचार्ज गर्यो त्यति नै क्यास ब्याक पाउन सकिने भएको छ। दशैं तिहारको अबसरमा ग्लोबल की टेक्नोलोजी प्रालिले मोबाइल रिचार्ज गर्दा रिचार्ज बराबर नै क्यास ब्याक दिने नयाँ मोबाइल एप्स ‘रिचार्जर’ सोमबार सार्वजनिक गरेको छ।
एप्स प्रयोगकर्ताले एनटिसी अथवा एनसेल मोबाइल रिचार्ज गर्दा सोही रकम बराबरको क्यास ब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ। यसरी जम्मा भएको क्यास ब्याक रकम अनलाइन सपिङ गर्दा, फिल्म हेर्दा, रेष्टुरेन्टमा खाँदा, फ्लाइट बुक गर्दा तथा एप्सले उपलब्ध गराउने अन्य सेवामा खर्च गर्न सकिने छ। यो एप्स एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्लेस्टोर बाट र आइओएस प्रयोगकर्ताले एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सक्ने छन्। ग्लोबल की टेक्नोलोजी प्रालिका अध्यक्ष अलाइभ ग्लाइडरका अनुसार एन्ड्रोइड फोन प्रयोगकर्ताले जुनसुकै स्रोतबाट मोबाइल रिचार्ज गरे पनि बिना इन्टरनेट क्यास ब्याक प्राप्त गर्न सक्नेछन्। उनले यो एप्स स्मार्टफोन प्रयोगकर्तालाई लक्षित गरी ल्याएको बताए।

उनले एप्समार्फत अनलाइनमा खरिद गरिएको सामानको डेलिभरी घरमै गर्ने व्यबस्था मिलाइएको समेत बताए। यो एप्समार्फत अनलाइन मोबाइल रिचार्ज, अफलाइन डाटा प्याक खरिद, सुनचाँदीको मुल्य, बिनिमय दर, सेयर बजार तथा बजारमा आएका नयाँ नयाँ फेसन ब्राण्डको बारेमा जानकारी समेत पाउन सकिने कम्पनीका प्रबन्ध निर्देशक टिकाराम बुढाथोकीले बताए।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv