Latest Updates :

वि.सं. २०७३ साल कार्तिक १२ गते। शुक्रबार। इश्वी सन् २०१६ अक्टोबर २८ तारिख। नेपाल संवत् ११३६ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– त्रयोदशी, १८:१९ बजेउप्रान्त चतुर्दशी।


SHARE THIS POST :

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
हिम्मतले काम बनाउन सकिनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। उपलब्धिले थप उत्साह जगाउनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउन सक्छन्।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
स्वास्थ्यमा देखिएको कमजोरीले आँटेका काममा बाधा उत्पन्न हुनेछ। पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। व्यापार–व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ। पारिवारिक असमझदारी बढ्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। शुभचिन्तकहरूमाथि विश्वाश नगर्दा दु:ख पाइनेछ। मेहनत गर्दा भूमि तथा कृषिबाट फाइदा होला। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। व्यर्थैमा वादविवादमा परिने सम्भावना छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। हल्लाको भर पर्दा दु:ख पाइएला।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
उठ्नुपर्ने रकम हातलागी हुनाले आम्दानी बढ्नेछ। साथीभाइको सहयोग जुट्नाले दाम, इनाम र प्रतिष्ठा कमाउन सकिनेछ। अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार-व्यवसायमा प्रशस्त फाइदा हुनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा पनि राम्रै प्रगति होला। दिगो फाइदाका लागि लगानी बढाउन पनि सकिनेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
छोटो समयमा विशेष उपलब्धि हातलागी हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। व्यापारमा मनग्य लाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। कर्मको उचित प्रतिफल पाइनेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। केही अवसर गुम्न सक्छन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। सेवामूलक काममा जुट्नेहरूलाई भने फाइदै हुने समय छ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अनावश्यक भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। नसोचेको समस्या देखा पर्नाले मन खिन्न हुन सक्छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
परिवारजनको साथले नयाँ आशा पलाउनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ।आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv