Latest Updates :

१० लाख रुपैयाँ घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत पक्राउ


SHARE THIS POST :

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० लाख रुपैयाँ घुससहित एकजना शाखा अधिकृतलाई पक्राउ गरेको छ।

            आयोगको विशेष टोलीले १० लाख रुपैयाँ घुससहित वैदेशिक रोजगार विभाग काठमाडौंका शाखा अधिकृत रमेश लामिछानेलाई बिजुली बजारको एक रेस्टुराँबाट पक्राउ गरेको हो।

       कानुन बमोजिम प्रक्रिया पूरा भई दर्ता गर्नुपर्ने वैदेशिक रोजगार संस्थासँग दर्ता प्रमाणपत्र लिने प्रयोजनका लागि विभिन्न बहानामा घुस मागेको सूचनाका आधारमा खटिएको आयोगको टोलीले पक्राउ गरेको हो।

      आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले घुस रकम पुर्या‍उने शिक्षक अनिल पौडेललाई समेत पक्राउ गरिएको बताए।

           यसैगरी आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु रामनरेश रायलाई पनि १२ लाख २५ हजार घुससहित पक्राउ गरिएको जनाएको छ।

           ईश्वरपुर नगरपालिका–६ का स्वबासीको जग्गा दर्ताका क्रममा प्रतिधुर १० हजारका दरले घुस लिँदालिँदै आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले आइतबार मलङ्गवा–१० पक्राउ गरेको थियो।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv