उत्तरी सिरियामा विद्रोहीको कब्जामा रहेको एक गाउँमा भएको हवाइ हमलामा २६ भन्दा धेरै स्कुले बालबालिकाको मृत्यु भएको छ । हवाइ हमला गरिएको इदलिब प्रान्तको हास गाउँ विद्रोहीको गढका रुपमा मानिन्छ ।
हमलामा एक स्कुल तथा रिहाइशी क्षेत्रलाई निशाना बनाइएको थियो । संयुक्त राष्ट्रसंघको यूनिसेफ शाखाले नियोजित रुपमा स्कुललाई निशाना बनाइनु युद्ध अपराध भएको बताएको छ । संयुक्त राष्ट्रसंघका लागि रुसका दूत विताली चूरकिनले यस हमलामा रुस संलग्न नभएकोमा आफू विश्वस्त रहेको बताए । सिरियाको सरकारी सञ्चारमाध्यमले हमलाबारे जानकारी दिदै चरमपन्थीको गढमा हमला गरिएको र जसमा बिद्रोहीको मृत्यु जनाएको छ ।
Post a Comment