न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज १७ सोमबार
काठमाडौं । लामो समयदेखि विवादमा रहेका निर्देशक छवी ओझा र सील्पा पोखरेलको विवाह कतिपयले भइसकेको बताएका छन् । समाचार स्रोतका अनुसार कानुनीरुपमा विवाह भएको तर सामाजिकरुपमा भने दशैमा विवाह गर्ने तयारीमा जुटेका बुझिएको छ ।
नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापाका पूर्वपति ओझाले चौथो विवाह गर्न लागेका हुन् । ‘एक्लै बस्न नसक्ने भएँ, त्यही भएर अर्को विवाहको तयारीमा छु’ ओझाले भने ‘मेरो चौथो विवाह छिट्टै हुन्छ ’भन्नु भएको छ उनका निकटकाहरु बताउछन् ।
अभिनेत्री रेखा थापासँग तीन बर्षअघि सम्बन्ध बिच्छेद गरेपनि कानुन रुपमा केही समयअघि मात्र सम्बन्ध बिच्छेद गरेका थिए । छविले लामो समयदेखि सम्बन्धमा रहेकी सिल्पासँग अर्को विवाहको तयारी गरेका छन् ।
सिल्पा पोखरेल अहिले पनि उनीसँगै बस्दै आएकी छन् । सिल्पाका बुवाले समेत सहमति जनाएपछि उनीहरुबीच विवाह गर्ने योजना बनेको हो । दशैको टीकाको दिन सिल्पाका बुवा आमाले टीका लगाएर सिल्पालाई छवीको आधिकारीक बनाउने गरि तयारी भइरहेको ओझा निकटका एक चलचित्रकर्मीले बताए ।
छविको पहिलो पत्नीसँग डिभोर्स भएको थियो भने दोस्रो पत्नी गीताञ्जली सुनारले आत्महत्या गरेकी थिइन । त्यसपछि छविले रेखासँग विवाह गरेका थिए । करिव १० बर्ष रेखासँग बसेका छवि तीन बर्षअघि मात्र छुट्टिएका थिए ।
Post a Comment