Latest Updates :

विवाहको प्रलोभन देखाई फेसबुकबाट लाखौं ठगी


SHARE THIS POST :


काठमाडौं - फेसबुकमा चिनजान भएका विदेशी युवकसँग लाग्दा दर्जनौ नेपाली युवती ठगिएका छन् ।
एक अफ्रिकी युवकले विवाह गर्ने प्रलोभन देखाएर थुप्रै नेपाली युवती ठगी गरेको खबर छ । फेसबुक पेजमा केन जोनसोन नाम गरेका युवकले ठगी गरेका हुन् ।

उनले विवाह गरेर युरोप लैजाने प्रलोभन देखाउँदै नेपाली युवतीसँग सम्बन्ध अघि बढाएका थिए । उनले सुरूमा नेपाली महिलालाई फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउने, बिस्तारै प्रेमको नाटक गर्ने, विवाहको प्रस्ताव गर्ने र उपहार पठाउने प्रलोभन दिने गरेको पाइएको छ ।

उपहार पठाउने क्रममा भने त्यसवापतको कर शुल्क युवतीसँग मागेर उनले ठगी गर्दै आएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv