Latest Updates :

अरुले देश बनाऊदैनन् केपी ओली नै चाहियो भन्दै फेरी उर्लीए जनता।


SHARE THIS POST :

काठमाडौं  ७ कात्तिक । नेकपा एमाले बागलुङले संविधान कार्यान्वयन र आठौ जिल्ला अधिवशेनका लागि सिंगो पार्टी परिचालन अभियान अन्तर्गत जिल्लाव्यापी कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्लालाई १० वटा कलष्टरमा विभाजन गरी जनतालाई संविधानका अन्तरवस्तुका बारेमा जानकारी गराउनुका साथै संविधान कार्यान्वयनका लागि खबरदारी गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको एमालेले जनाएको छ ।
अभियान अन्तरगत कलष्टर नम्बर ८ अन्तरगतका ५ वटा गाविसका अगुवा कार्यकर्ताहरुको भेला शनिवार बाटाकाचौरको टारिकाचौरमा सम्पन्न भएको छ । भेलामा गाउँ गाउँ पुगेर आएका एमाले नेता कार्यकर्ताहरुले जनताले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा विकास र समृद्धि चाहना व्यक्त गरेको बताएका छन् ।
भेलालाई सम्बोधन गर्दै उक्त कलष्टरका उत्प्रेरक एवम् नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसीले मुलुकमा प्राप्त भएको उपलब्धीलाई संस्थागत गर्नका लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको दावी गर्नुभयो ।



एमालेले नेतृत्व लिदा मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका क्षेत्रमा उल्लेख्य उपलब्धीमुलक क्रियाकलाप सञ्चालन गरेको भन्दै उहाले स्पष्ट नीति र सही नेतृत्व भएको एमालेलाई आगामी निर्वाचनबाट बहुमत सहित पहिलो पार्टी बनाउन आव्हान गर्नुभयो ।

पटक पटक सत्ताको नेतृत्वमा पुगेका अन्य दलहरुले जनताको भावनाको प्रतिनिधित्व गर्न नसकेको दावी गर्दै उहाँले जनताका बीचमा लोकप्रिय एमालेको नेतृत्व आवश्यक रहेको बताउनु भएको थियो ।

एमाले जिल्ला सचिवालय सदस्य तथा कलष्टर संंयोजक सावित्रा रानाले एमालेले सञ्चालन गरेको अभियानका बारेमा जानकारी गराउदै आम देशवासीले एक पटक एमालेको एकल नेतृत्व चाहेको बताउनुभएको थियो ।

कार्यक्रममा जिल्ला सल्लाहकारहरु मुमिश्वर पौडेल र हरिप्रसाद पौडेल, जिल्ला कमिटिका पूर्व सदस्यहरु धनिश्वर पौडेल र पूर्णबहादुर ढुंगाना, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका पूर्व सदस्य देवीदत्त पौडेल, क्षेत्र नम्बर २ का उपसचिव शन्तबहादुर गौतम, दलित सञ्जालको तर्फबाट प्रेमबहादुर नेपाली लगायतले मुलुकको समग्र विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको धारणा राख्नु भएको थियो ।


कार्यक्रम नेकपा एमाले बाटाकाचौरका अध्यक्ष लिलाधर पौडेलको अध्यक्षता, सल्यानका अध्यक्ष नरबहादुर खत्रीको स्वागत र हुग्दिशिरका अध्यक्ष प्रेमप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा धुल्लुबाँस्कोट, हुग्दिशिर, बाटाकाचौर, सल्यान र सुखौरा १ सय जना अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv